आइतवार, बैशाख २, २०८१

कैलालीको बौनियाँमा प्रहरी प्रमुख सहित ९ जना कोरोना पुष्टि

बौनियाँ/कैलालीको बर्दगोरीया गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय बौनियाँका ८ जना प्रहरी सहित ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालकामा बुधवार गरीएको परीक्षणमा २८ देखी ४७ वर्ष उमेर समूहका ८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण हुनेमा इलाका प्रहरी कार्यालयका बौनियाका प्रहरी निरीक्षक सहित १ प्रहरी नायव निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ३ जना हवालदार, १ जना प्रहरी जवान तथा वडा नम्बर १ का ४१ बर्सिया पुरुषमा कोरोना पुष्टि भएको बताईएको छ ।

कात्तिक १६ गते २१ जनाको स्वाब सङ्कलन गरिएकोमा ९ जनाका कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बर्दगोरीया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले जानकारी दिए । हाल सम्म बर्दगोरीयामा कोरोना सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । जस मध्ये सक्रमितको सङ्ख्या ९ रहेको जोशीले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation