इंग्लिस प्रेमियर लिग फुटबलमा अब ३ खेलाडी मात्र परिवर्तन हुने भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना महामारीका कारण ५ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान ल्याएपनि ईङ्लिस क्लबहरु भने त्यसको विपक्षमा देखिएका हुन् ।उनीहरुले आज फिफाको सो प्रावधानको विपक्षमा मतदान गरेपछि आगामी सेप्टेम्बर १२ मा सुरु हुने ईङ्लिस प्रेमियर लिग फुटबलको नयाँ सिजनमा तीन खेलाडी मात्र परिवर्तन हुने भएको हो ।कोरोना महामारीका बीच खेलाईएको २०१९–०२० को सिजनमा भने ५ खेलाडी परिवर्तन गर्न पाउने व्यवस्था थियो ।