
बौनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ३ झालाटोल खेलमैदानमा असोज ५ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता सुरू भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बर्दगोरिया गाउँपालिका ३को झालाटोलको फुटबल खेलमैदानमा आयोजना गरिएको हो ।
श्री कोपिला युवा क्लबको आयोजनमा सञ्चालन भएको उक्त प्रतियोगितामा बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका गरी जम्मा १० ओटा टिमको सहभागिता रहेको क्लवका अध्यक्ष कमल साउँदले बताउनु भयो ।
आज भएको पहिलो खेलमा मध्यान् १२ बजे नौनिया र आयोजक (बी) टीम बिच भएको खेलमा नौनिया विजय हासिल गरेको थियो ।
दिउँसो १ बजे भएको दोस्रो खेलमा श्री पशुपति युवा क्लब रानिकुण्डा र लिटिल स्टार खैरेनी बिच भएको खेलमा लिटिल स्टारले पल्याण्टिमा ०/१गोलमा लिटिल स्टार विजय हासिल गरेको थियो। यसैगरी तेस्रो खेलमा दिउँसो २:३० बजे बर्दगोरिया नमुना युवा क्लब कट्टीपुर र के के क्लब बुटकुवा (बि) बिच भएको खेलमा १/२ गोलमा बुटकुवा जित्न सफल भएको छ ।
त्यस्तै चौथो खेल दिउँसो ३ बजे नबकोपिला युवा क्लव बछुरिया (ए) र बौनिया युवा क्लव बौनिया बिच भएको खेलमा ०/१ गोलमा बौनिया युवा क्लव विजयी भएको थियो । पाँचौं खेल साँझ ५ बजे के के युवा क्लब बुटकुवा (ए) र कुम्बिया बिच भएको खेलमा ५/५ बराबरी गोल भएपछी पल्याण्टिमा ५/६ का गोलले कुम्विया विजय हासिले गरेको छ।
छैटौं खेल साँझ ६ बजे भएको खेलमा के वाईसी कटिपुर र नबकोपिला युवा क्लव बछुरिया (बी) बिच भएको खेलमा के वाईसी कटिपुर विजय हासिल गरेको छ ।
कार्यक्रमा प्रथम, दिर्तिय हुने टिमलाई आयोजकको निर्णय अनुसार पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।