बौनियाँ/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ३ झालाटोल खेलमैदानमा प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ बर्दगोरिया गाउँपालिका ३को झालाटोलको शान्तिनगर खेलमैदानमा आयोजना गरिएको हो ।
श्री कोपिला युवा क्लबको आयोजनमा सञ्चालन भएको उक्त प्रतियोगितामा बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका गरी जम्मा १० ओटा टिमको सहभागिता रहेको क्लवका अध्यक्ष कमल साउँदले बताउनु भयो ।
आज भएको क्वाटरफाइनल खेलहरुमा पहिलो खेलमा बिहान ८ बजे बौनिया युवा क्लव बौनिया र के वाईसी कटिपुर टीम बिच भएको खेलमा बौनिया युवा क्लव बौनियाले ०/३ गोलले सेमिफाइनलमा प्रवेश गरेको छ ।
दिउँसो १ बजे भएको दोस्रो खेलमा श्री लिटिल स्टार खैरेनी र के के युवा क्लब बुटकुवा बिच भएको खेलमा के के युवा क्लब बुटकुवाले ०/२ गोलले सेमिफाइनलमा प्रवेश गरेको छ। यसैगरी तेस्रो खेलमा दिउँसो २:३० बजे नौनिया र कुम्बिया बिच भएको खेलमा २/३ गोलमा कुम्बिया जित्न सफल भई सेमिफाइनलमा प्रवेश गरेको छ।
साँझ ५ बाजे सेमिफाइनल भएको खेलमा के के क्लब बुटकुवा र कोपिला युवा क्लब आयोजक बिच भएको खेलमा ०/१ गोलले आयोजक फाइनलमा प्रवेश गरेको छ ।
फाइनल खेलमा साँझ ६ बजे बौनिया युवा क्लव र आयोजक बीच भएको खेलमा ०/२ गोलले बौनिया युवा क्लब प्रथम पुरकार हातपार्न सफल भएको छ।
कार्यक्रमा प्रथम, पुरस्कार रु ६५०० दिर्तिय पुरस्कार रु २५०० दिने आयोजकले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिएको छ।