बौनिया /कैलालीमा आउदो फागुन १ गते बाट सुरु हुने बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन (२)को तयारी तिव्र पारियको आयोजकले जानकारी दियको छ।
देश भरिका विभिन्न १६ बिधालयको सहभागिता रहने सो प्रतियोगिता १४ दिन सम्म सञ्चालन हुने आयोजक नव बाल बाटिका बिधा मन्दिर बौनिया का संस्थापक प्रिन्सिपल एवम प्रतियोगिता संयोजक प्रमोद मल्लले बताए ।
गत बर्ष बिधालयले प्रदेश स्तरिय प्रतियोगिता का सफल आयोजना पश्चात् यश बर्ष प्रतियोगिता लाई राष्ट्रव्यापि बनाउने अभियानमा लागेको आयोजकको दाबि रहेको छ ।
यस बर्ष आयोजकले कोरोना माहामारि का बाबजुत समेत गत संस्करण का पुरुस्कार राशिमा वृद्धि गर्दै प्रथम पुरस्कार एक लाख पन्ध्र हजार एक सय एघार पुर्याउदा उप विजेताले नगद सन्ताउन्न हजार पाँच सय पचपन्न पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
यस बर्ष समेत गत संस्करण जस्तै प्रतियोगिता कै उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यान ले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
यस्तै प्रतियको उदयिमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्दा लिग चरणका हरेक खेलक म्यान अफ द म्याच लाई नगद ५ सय र स्व रकम लाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनलको म्यान अफ द म्याच लाई नगद ३ हजार प्रदान गरिने उत्त बिधालयले जानकारी दियको छ ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडा कैलालीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता लिग कम नक आउट को आधारमा हुनेछ । क्रितिम विकेट म्याट मा सञ्चालन हुने उत्त प्रतियोगितामा ड्युस बलको प्रयोग हुने आयोजकको भनाइ रहेको छ ।