आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

विद्यालय स्तरबाटै क्रीकेट खेलाडी उत्पादन गर्ने लाग्यो,बाल बाटिका विद्या मन्दिर बौनिया

मुडा,कैलाली । नव बाल बाटिका क्रिकेट लिग (बि.सि.एल सिजन (२)आउँदो फागुनदेखि संचालन हुने भएको छ ।व्यक्तित्व विकास ,पारस्परिक सहयोग एवम स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ फागुन १ गतेदेखि सुरुहुने प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको भएको आयोजकले जनाएको छ । मंगलबार मुडामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक विद्यालयले जनाएको छ । प्रतियोगिताका लागि १० लाख बढी रकम खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयलाई टीम दर्ताको लागि २० हजार रुपैयाँ इन्ट्री फी लाग्नेछ । स्थानीय बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडामा रहेको खेल मैदानमा हुने प्रतियोगिता लिग कम नक आउटको आधारमा संचालन गरिने आयोजक विद्यालयका संस्थापक प्रिन्सिपल एवम प्रतियोगिता संयोजक प्रमोद मल्लले बताए । क्रितिम विकेट म्याटमा सञ्चालन हुने प्रतियोगितामा ड्युस बलको प्रयोग हुने जानकारी दिए ।

उनले भने – प्रतियोगितामा देशका विभिन्न १६ विद्याललयको सहभागिता रहनेछ र प्रतियोगिता झन्डै १४ दिनसम्म चल्ने छ । उनले गतवर्ष प्रदेश स्तरिय प्रतियोगिताको सफलतासंगै यसवर्ष प्रतियोगितालाई राष्ट्रव्यापि बनाउने अभियानमा लागिएको बताए । उनले कोरोना महामारीलाई मध्यनजर गरि प्रतियोगिता अबधिभर खेलाडीको स्वास्थ्यजाचका लागि हेल्पडेस्कको व्यवस्था पनि गरिनेछ ।

जहाँ खेलाडीको स्वास्थ्य चेकजाँच ,सेनिटाइजर, लगायत आधारभुत स्वास्थ्य मापदण्ड अपनाइ खेल खेलाइनेछ । कोरोना माहामारीका बाबजुत समेत यसपटक गत संस्करणका पुरुस्कार राशिमा समेत वृद्धि गर्दै प्रथम पुरस्कार एक लाख १५ हजार १ सय ११ पुर्‍याईएको छ भने उप( विजेताले नगद ५७ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । गतवर्षका संस्करण जस्तै यसपटक पनि प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछ्न भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

आयोजककाअनुसार प्रतियोगितामा सहभागी नव उदयिमान खेलाडीले नगद ५ हजार तथा लीग चरणका हरेक खेलक म्यान अफ दी म्याच लाई नगद ५ सय र स्व। रकमलाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनल खेलमा म्यान अफ दी म्याच लाई नगद ३ हजार प्रदान गरिने छ । यसैगरी बाहिरबाट सहभागी हुने विद्यालयका खेलाडीका लागि आवासको व्यवस्था समेत गरिनेछ ।

विद्यालय स्तरबाटै क्रीकेट खेलाडी उत्पादन गर्ने, क्रीकेटमै भविष्य खोजीरहेका खेलाडीको हौसला प्रदान गर्नें ,सबल ,सक्षम ,सृजनसिल र अनुशासित खेलाडी उत्पादनमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation