Baigyanik Media

Advertisment

SKIP THIS

नव बालबाटिकाले विद्यालयस्तरमा लाखौं धनराशीको फुटबल प्रतियोगिता गर्दै 

बौनियाँ_कैलालीको बर्दगोरिया गाउँपालिका २ मा रहेको नव बालबाटिका विद्यामन्दिर माविले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रथम प्रदेशस्तरीय प्रतियोगिता विद्यालयस्तरकै ठूलो धनराशीको रहेको छ ।

 

पारस्परिक सद्भाव, शैक्षिक विकास, लैङ्गिक समानता एवं स्वास्थ्यका लागि खेल’ भन्‍ने नाराका साथ आयोजना गर्न लागिएको हो । विद्यालयले यसवर्ष प्रथम संस्करण अन्तर्गतको आगामी मंसिर १७ गतेदेखि पुस १० गतेसम्म मुडाबजार खेलमैदानमा फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

बिहीबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि बालबाटिका विद्यामन्दिर माविले विद्यालय तहमा अध्ययनरत विद्यार्थीमा खेलकुद विकास गर्न प्रतियोगिताको आयोजना गर्न लागेको प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिनुभयो ।नव बालबाटिका विद्यामन्दिर माविले छात्रतर्फ १ लाख ५२ हजार र छात्रातर्फ १ लाख ५२ हजार गरि कुल ३ लाख ४ हजार राशीको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जसमध्ये दुबैतर्फ प्रथमलाई १ लाख १ हजार र द्वितीयलाई ५१ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न जिल्लाका ३२ टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रतियोगितामा अन्य ५ विद्याका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार र प्लेयर अफ द टुर्नामेन्टतर्फ ८ हजार गरि २३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । जसमा बेस्ट स्कोरर, बेस्ट किपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्स र इमर्जिङ प्लेयर विद्यामा उत्कृष्ट खेलाडी छनोट गरिनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation