शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बौनियाँका आशुतोष कुवँरले गरे युवालाई खेलकुद सामग्री सहयोग

बौनियाँ,कैलाली/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ का खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।सुदुर पश्चिम प्रदेश बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा कार्यालय सहयोगी रवि जनालाको पहलमा बर्दगोरिया गाउँपालिका वडा नं ३ का युवा क्लवका प्रतिनिधिहरुलाई एक कार्यक्रमका बिच खेलकुद सामग्री सहयोग गरिएको हो ।

 

नेपालको भलिबल र फुटबल बिकाशका लागि सधैव आगाडि रहने कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ निवासी आशुतोष कुवँरले तीन थान भलिबल र तीन थान फुटबल सहयोग गर्नुभएको हो ।बर्दगोरिया गाउँपालिका वडा न ३ का खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।

 

शनिवार एक कार्यक्रमका बिच कुँवरले पशुपति युवा क्लव, साईनिग स्टार युवा क्लव र के.के युवा क्लवका युवा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा पशुपति युवा क्लव सचिव राजेश विश्वकर्माले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दातालाई धन्यबाद समेत दिनुभएको थियो ।

 

कुँवर बताउनु हुन्छ गाउँ ठाउँ देश राष्ट्रलाई चिनाउने खेलकुद नै भएकाले खेलकुद सबै अभिभावकले बालबालिकालाई स्वास्थ्यको लागि खेलेर राष्ट्रको लागि खेल भन्दै देशलाई चिनाउने बेला आएको बताउनु हुन्छ कुँवर बताउनुहुन्छ आफूले सिकेको शीप साना-साना बालबालिकालाई सिकाउनु हुन अनुरोध गर्नु भयो।खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले खेल खेल्नुपर्ने बताउनुभयो सबै नागरिक सँग एउटा न एउटा सीप हुने भएकाले जोसँग जुन सिप छ लुकाएर नराख्नुस समेत बताउनुभयो।हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै राष्ट्रीय खेलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ ।

 

उनले भने विभिन्न क्लवका माध्यम बाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले युवाहरूलाई सहयोग गरिएको बताईएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation