Baigyanik Media

Advertisment

SKIP THIS

बालबाटिका क्रिकेट लिग-३ दोस्रो दिन : आयोजक बालबाटिका र होलिल्याण्डको बिजयी

बौनियाँ/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा बालबाटिका र होलिल्याण्ड अत्तरियाले विजयी सुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा आयोजक बालबाटिकाले संत निरंकारीलाई १७ रनले पराजित गर्यो । मुडा बजार स्थित खेल मैदानमा सम्पन्न खेलमा बालबाटिकले दिएको १ सय ८० रनको लक्ष्य संत निरंकारिले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६२ रन मात्र बनाउन सक्यो र १७ रनले पराजित भएको हो । बालबाटिकाको ब्याटिङमा दिपक बोहराले ६३ बलमा १० चौका र ८ छक्काको मद्दतमा १ सय २० रन बनाए । बलिङ तर्फ संत निरंकारिका अभि बस्यालले ३ विकेट लिए ।खेलको प्लेयर अफ द म्याच घोषित भए जसले एक हजार रुपैयाँ प्राप्त गरे। यसै गरि प्रतियोगितामा पहिलो सतक प्रहार गरेका दिपक बोहरालाई बौनियाका युवा ब्यवसायी दिपेन्द्र कडेलले नगद २ हजार ५ सय प्रदान गरे । उनले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप आफुले सहयोग गरेको बताए । 

आजै सम्पन्न दोश्रो खेलमा होलिल्यान्ड स्कुल अत्तरियाले गणेश बाबालाई पराजित गर्यो। होलिल्याण्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको गणेश बाबाले १६.५ ओभर १ सय १४ रनमा सम्पूर्ण विकेट गुमायो । गणेश बाबाका सतिश चलाउनेले सर्वाधिक २३ रन बनाए। होलिल्याण्डका बलर जित साउद र श्याम साउदले ४/४ विकेट लिए । खेल को म्यान अफ द म्याच जित साउद भए ।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको होलिल्याण्ड अत्तरियाले निर्धारित २० ओभर मध्य १९ ओभरमा अल आउट हुदै १ सय ४९ रन बनाएको थियो । होलिल्याण्डको ब्याटिंगमा दिपक टमट्टाले ३७, आयुज खडकाले २७ रनको योगदान गरे । गणेशबाबाको बलिङमा पारस तिमिल्सिना र सोलुप चौधरीले समान ३/३ विकेट लिए । 

प्रतियोगिता अन्तर्गत बिहिवार पनि दुई खेल संचालन हुनेछन्। पहिलो खेलमा बिहान ९: ३० बजे बिद्या भूषण पब्लिक स्कुल र लिटिल बुद्ध महेन्द्रनगर तथा दोश्रो खेलमा दिउँसो १:३० बजे कर्णाली मा वि टिकापुर र गणेश बाबा बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation