दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

सिरहा,  लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।

 

 

 

“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भन्नुभयो, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।”यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उहाँकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिले यो दम्पतिलाई अरूकै सहारामा बाँच्नुपर्ने बनाएको थियो ।

 

 

यही वैशाख १२ गतेपछि भने उहाँहरूको जीवनमा खुसी फर्किएको छ । लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा वडा नं १७ मा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेपछि त्यो खुसी फर्किएको हो । शिविरमा पुगेका दुई सय ५० जनामध्ये हरि सदा र हिला चौधरीको दम्पतीसहित ४७ जनामा मोतियाविन्दु भएको पुष्टि भयो ।

 

 

नगरपालिकाले केवल रोग मात्र पहिचान गरेन, बिरामीहरूलाई गाउँदेखि अस्पतालसम्म पु¥याउन नगर बसको समेत व्यवस्था गरिदियो । सामान्यतया एउटा आँखाको मोतियाविन्दु शल्यक्रिया गर्न करिब रु नौ हजार खर्च लाग्ने गर्दछ । नगरपालिकाले दुवै आँखाको सबै खर्च व्यहोररे उपचार गरेपछि खुसी फर्किएको हो ।

 

 

बुधबार अस्पतालको शय्यामा उपचाररत ती ४७ जना बिरामीलाई भेट्न नगरप्रमुख महेशप्रसाद चौधरी आफैँ पुग्नुभयो । उहाँले बिरामीहरूलाई जुस वितरण गर्दै स्वास्थ्य लाभको कामना गर्दा बिरामीका आँखा कृतज्ञताले भरिएका थिए ।“मैले सोचेको पनि थिइनँ कि सरकारले यसरी घरमै आएर आँखा जचाइदिन्छ र अस्पताल ल्याएर निःशुल्क अप्रेसन गरिदिन्छ”, हिरा चौधरीले हर्षित हुँदै भन्नुभयो, “अब संसार फेरि सफा देख्न पाउने भएँ । विस्तारै सबै दुःख बिर्सिंदै जानेछु ।”

 

 

मोतियाविन्दुमुक्त नगरको सपना

नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी यो अभियानलाई निरन्तरता दिँदै आएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार लहानलाई ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।

 

 

“हाम्रो नगरमै एसियाकै उत्कृष्ट र आधुनिक प्रविधिसहितको सगरमाथा चौधरी आँखा अस्पताल छ । यति नजिकै सुविधा हुँदाहुँदै पनि हाम्रा नागरिक पैसाको अभावमा अन्धोपनमा बस्नुपर्नु निकै दुःखद कुरा हो,” नगरप्रमुख चौधरीले भन्नुभयो, “त्यसैले ‘कोही पनि नगरवासीले आर्थिक अभावका कारण ज्योति गुमाउनु नपरोस्’ भन्ने उद्देश्यले हामीले शिविरका सबै खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेका हौँ ।”उहाँका अनुसार चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाका २४ वडामध्ये १५ वटामा शिविर सम्पन्न भइसकेको छ ।

 

 

तथ्याङ्कमा अभियानको प्रभाव

लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीचको साझेदारी केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नभई दृष्टिविहीनता विरुद्धको एक सशक्त महाअभियानका रूपमा अगाडि बढेको नगरप्रमुख चौधरीले बताउनुभयो । नगरपालिकाले चालेको ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने अठोटका कारण पछिल्ला वर्षहरूमा हजारौँ विपन्न नागरिकको जीवनमा उज्यालो फर्किएको उहाँको भनाइ छ ।

 

 

सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा यस सहकार्यले उत्साहजनक सफलता हासिल गरेको छ । यहाँ सञ्चालन गरिएका विभिन्न शिविरमार्फत हालसम्म १७ हजारभन्दा बढी नगरवासीको निःशुल्क आँखा जाँच गरिएको छ । ती शिविरहरूमा मोतियाविन्दु पहिचान भएका करिब दुई हजार ५०० विपन्न बिरामीहरूको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको संयोजक राउतले जानकारी दिनुभयो ।

 

 

यस्तै, दृष्टिमा समस्या भएका आठ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ ।लहानमा अवस्थित यस अस्पतालले स्थानीय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाएको छ । अस्पताल प्रशासनका अनुसार यहाँ नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गरी वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गर्दै आएका छन् ।

 

 

शिविर संयोजक राउत भन्नुहुन्छ, “हामीसँग दक्ष जनशक्ति र विश्वस्तरीय आधुनिक प्रविधि छ । विभिन्न स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने यस्ता शिविरहरूले अस्पतालसम्म आउन नसक्ने दुर्गम र विपन्न बस्तीका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पु¥याइरहेको छ ।”नगरप्रमुख चौधरीको नेतृत्वमा अघि बढाइएको यो अभियानले आर्थिक रूपमा अति विपन्न र पछाडि पारिएका हरि सदा र हिरा चौधरी जस्ता सयौँ ज्येष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौँ,  उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव तारा राईले जानकारी दिनुभयो । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकले उहाँलाई...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

डुम्रे (तनहुँ), हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल समुदायले परम्परागत पुख्र्यौली सीपलाई आज पनि जीविकोपार्जनको आधार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९