जेठ १५ इन्डियन प्रिमियर लिग २०२२ काे उपाधि गुजरात टाइटन्सले उचालेकाे छ । आइतबार राति गुजरात काे अहमदबाद भएको खेलमा राजस्थान राेयल्स लाई ७ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हाे ।
यश अघि टस जितेर पहिले ब्याटिङ गरेकाे राजस्थान राेयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जाेड्न सफल भएको थियो । राजस्थान लाई मध्यम स्काेर सम्म पुर्याउने क्रममा जस बट्लरले ३९ रनको याेगदान गर्दा यजस्बि जयस्वालले २२,रियान परागले १५,सन्जु सेमसनले १४ र सिमरन हेटमायर तथा टेरेन्ट बाेल्टले समान ११-११ रनको याेगदान गरेका थिय । बलिङतर्फ गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्डेले ४ ओभरमा १७ रन दियर ३ विकेट लिदा साय किसाेरले २ तथा माेहम्मद सामि,रशिद खान र यश दयालले समान १-१ विकेट लियका थिय ।
१३१ रनको विजयि लक्ष्य लियर मैदान उत्रिएको गुजरात टाइटन्सले १८.१ ओभरमा रन १३३बनाउदै ७ विकटकाे जित दर्ता गर्न सफल भएको हाे । गुजरात लाई जित सम्म पुर्याउने क्रममा शुभमन गिलले ४५ रनको याेगदान दिदा हार्दिक पाण्डेले ३४ तथा डेभिड मिलरले ३२ रन बनायका थिय । राजस्तानका लागि टेरेन्ट बाेल्ट,प्रशिद्ध कृष्ण र युजवेन्द्र चहलले समान १-१ विकेट लियका थिय ।
फाइनल खेलकाे म्यान अफ द म्याच गुजरात टाइटन्स का कप्तान हार्दिक पाण्डे घाेषित भए ।