आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा २७ जना घाईते/स्कारपियो र बस दुर्घटनामा परेका हरुको पुरै (नाम ठेगाना सहित)  

बौनियाँ/कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ गोराङ्गेमा आज बिहान १०ः१५ बजे, बस र स्कार्पियो एक आपसमा ठोक्कीदा २७ जना घाईते भएका छन् । काठमाण्डौँबाट महेन्द्रनगर तर्फ जाँदै गरेको जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न. १२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएको सु.प.प्र. ००२-००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौराले चलाएको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किदा सोही स्कारपियोमा सवार चालक सहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई लम्की स्थित लालरत्न अस्पतालमा पठाई उपचार भईरहेको र अन्य सवार सकुशल अवस्थामा रहेको जनाईएको छ भने सडक पुर्ण रुपमा सुचारु भईसकेको छ । 

 

 

 स्कारपियोमा सवार घाईते व्यक्तिहरुको विवरण :

 

१. चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डंगौरा हात र खुट्टामा चोट अवस्था सामान्य ।

२. लक्ष्मी नारायण मन्दिर धनगढी बस्ने बाबा वर्ष ७८ को देव राज आचार्य मुख,हात र पिठ्युमा चोट अवस्था मध्ययम ।

३. ऐ.ऐ. बस्ने वर्ष २३ को मुकुन्द गौतम मुखमा चोट अवस्था सामान्य । 

 

बसमा सवार घाईते व्यक्तिहरुको विवरण :

 

१. जिल्ला दार्चुला सिप्टी बस्ने वर्ष ३७ को कृष्ण धामी खुट्टामा चोट अवस्था सामान्य । 

२. जिल्ला दार्चुला माहाकाली न.पा.वडा न. ०६ बस्ने वर्ष २८ को जय बहादुर पाल छाती र नाकमा चोट अवस्था सामान्य ।

३. जिल्ला कञ्चनपुर पुनर्वास न.पा. वडा न. ४ बस्ने वर्ष ३० को र्जुन सुनार कम्मर घुडा र टाउँकोमा चोट अवस्था सामान्य ।

४. जिल्ला कञ्चनपुर दैजी बस्ने वर्ष ३१ को राम बहादुर धामी पाखुरा र घुँडामा चोट अवस्था सामान्य ।

५. जिल्ला हुम्ला नाकावली ६ बस्ने वर्ष ५४ को ग्याम्जु तामाङ नाक र प्युठ्युमा चोट अवस्था सामान्य ।

६. जिल्ला कैलाली गौरीगंगा न.पा. वडा न. ३ बस्ने वर्ष २७ को जिवन धानुक खुट्टामा चोट अवस्था सामान्य ।

७. ऐ.ऐ. वडा न. २ बस्ने वर्ष ३७ को शिव साउँद हातमा चोट अवस्था सामान्य ।

८. जिल्ला कञ्चपुर पुनरवास न.पा. वडा नं. ०९ बस्ने वर्ष ३७ को भिम नेपाली ढाडमा चोट अवस्था सामान्य ।

९. जिल्ला अछाम मेल्लेख गा.पा. वडा न. ८ बस्ने वर्ष २२ को उत्तम सुनार खुट्टामा चोट अवस्था सामान्य ।

१०. जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा न.१ बस्ने वर्ष ६० को मान बहादुर सुनार बाँया करङमा चोट अवस्था मध्ययम ।

११. जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा न. ०६ बस्ने वर्ष ४० को ऐन बहादुर ओली खुट्टामा चोट अवस्था सामान्य ।

१२. जिल्ला बैतडी मेलौली न.पा. वडा न. २ बस्ने वर्ष ५६ को देव दत्त भट्ट खुट्टामा चोट अवस्था सामान्य ।

१३. जिल्ला कञ्चनपुर पुनरवास न.पा. वडा न. ९ बस्ने वर्ष ५१ को महाविर कुँवर खुट्टामा चोट अवस्था सामान्य ।

१४. जिल्ला बैतडी पुर्चौडी न.पा.वडा न.१ बस्ने वर्ष ३० को लोकेन्द्र भण्डारी कानमा चोट अवस्था सामान्य ।

१५. ऐ.ऐ. बस्ने वर्ष २३ को नरेन्द्र भण्डारी ढाड र टाउकोमा चोट अवस्था सामान्य ।

१६. ऐ.ऐ. बस्ने वर्ष २८ को नरेन्द्र भण्डारी आंखामा चोट अवस्था सामान्य ।

१७. जिल्ला कैलाली चौमाला ३ बस्ने वर्ष २५ को नविन थापा हातमा चोट अवस्था सामान्य ।

१८. ऐ.ऐ. बस्ने वर्ष ३३ को तेज बहादुर धामी खुट्टामा चोट अवस्था सामान्य ।

१९. ऐ.ऐ. बस्ने वर्ष ३७ को धन बहादुर साउँद बाया कम्मरमा चोट अवस्था सामान्य ।

२०. जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा न. ४ बस्ने वर्ष २६ को धन बहादुर राना ढाडमा चोट अवस्था सामान्य ।

२१. जिल्ला बैतडी पाटन न.पा. वडा न. ५ बस्ने वर्ष ३२ को नरेन्द्र सिंह ठगुन्ना खुट्टाको औला भाच्चिएको अवस्था सामान्य ।

२२. जिल्ला दार्चुला ब्यासँ गाउँपालिका वडा न. ७ बस्नेवर्ष ५८ को उदय सिंह कुँवर निधार र खुट्टामा चोट अवस्था सामान्य ।

२३. जिल्ला डडेल्धुरा अमरगढी न.पा. वडा न. २ बस्ने वर्ष ३४ को खडक थाम घाटीमा चोट अवस्था सामान्य ।

२४. चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न. १२ बस्ने वर्ष ३४ को गणेश राना हात र खुट्टामा चोट अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation