Baigyanik Media

Advertisment

SKIP THIS

माइतीघरमा आएकी श्रीमती माथी बन्चरो प्रहार गरेर भागे श्रीमान

बौनियाँ/कैलालीमा माइती घर आएकी श्रीमतीलाई बन्चरो प्रहार गरि श्रीमानले गम्भीर घाइते बनाएका छन ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गा निवासी अन्दाजी ४५ वर्षिया चिराकी डगौराले आफ्नै अन्दाजी करिव ४४ वर्षिया श्रीमती खिडिया डगौरालाई बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन।

आज बिहान करिव ४ बजेको समयमा बर्दगोरिया गाउपालिका वडा नम्बर ४ नौनियामा माइतीघरमा आएकी श्रीमती माथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख अनिश भण्डारीले जानकारी दिएका हुन ।

बन्चरो प्रहार गर्ने चिराकी डगौरा अहिले फरार रहेको र उनको खोजि कार्य जारी रहेको उनले बताए हुन ।

गम्भीर घाइते भएकी खिडिया डगौराको भने अहिले नेपालगन्जमा उपचार भइरहेको प्रहरी प्रमुख भण्डारीले जानकारी दिएका हुन ।

बन्चरो प्रहारको कारण भने अझै नखुलेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation