सांसद झपट रावलको जनप्रिय काम /१३ बर्ष पछि सेती लोकराज मार्गमा तीन ठुला पुलको ठेक्का

बौनियाँ,कैलाली: सुदुरपश्चिम प्रदेशको गौरव आयोजनाको रुपमा रहेको सेती लोकमार्गको काम अहिले चार चरणमा सुरु भएको छ । त्रिदेशीय नाका जोड्ने यो सडकले कैलालीको बौनियाँबाट सुरु भई डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको नाका ताक्लाकोट जोडने छ ।

 

 

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको कुइरा नदीमा पक्की पुल निर्माणका लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रवार टेन्डर आह्वान गरेको हो । 

 

 

सोही सडकमा पर्ने मोहन्यालको झाप्री खोला र बर्दगोरियाको काँडा खोलामा भने मन्त्रालयले गत माघ २० गते नै टेन्डर खोलिसकेको छ । कुइरा नदी सँगै कैलाली निर्वाचन क्षेत्र नम्बर २ भित्र सो सडकमा ३ वटा पक्की पुल बन्ने निश्चित भएको छ । अन्य दुई वटा पक्की पुल लोक मार्गका लागी आवश्यक ठानिए पनि कुइरा नदीमा बन्ने पक्की पुललाई भने झनै महत्त्वका साथ हेरिएको छ । यो पुल निर्माण भए पहाडी क्षेत्रका नागरिकलाई सँगै बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ३ बासीलाई वरदान साबित हुने छ ।

सडक निर्माणका क्रममा रुख कटानको आदेश प्राप्त नहुँदा लामो समयदेखि काम प्रभाबित हुदै आएको थियो भने अन्य ठेक्का प्रकृया पनि अगाडी बढ्न सकेको थिएन । सेती लोकमार्गको काम भने अपेक्षा अनुसार अगाडी भने बढ्न सकेको छैन । कैलालीको बौनियाँ, डोटी कैलालीको सिमाना,साँफेबगर देखि चित्रे तर्फ र उत्तरी खण्ड तर्फको घुघुरकोट देखि ३० किलोमिटर सडक स्तरउन्नतीको काम अहिले चलिरहेको छ ।

 

 

पक्की पुलको अभावमा सो वडाका स्थानीयहरूले बर्सादमा ज्यानै जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेको छ भने कतिपयको ज्यान समेत गइसकेको छ । पुल निर्माण गरी आवागमनमा सहज बनाइदिन स्थानीयहरूले बारम्बार सरकार सँग माग गर्दै आएका छन् । जसका कारण सोही वडावासीलाई सहज हुने गरी कुइरा नदीमा झोलुङ्गे पुल समेत निर्माण हुने तयारीमा छ । प्रदेशकै गौरवको आयोजना भए पनि सेती लोक मार्ग निर्माणको काम भने ओझेलमा पर्दै आएको थियो । तर सरकारको दूरदृष्टि र जनताका जुझारु प्रतिनिधीहरुका कारण पछिल्लो समय आयोजनाले गति लिन थालेको छ । लोक मार्गमा ट्र्याक खोल्ने काम समेत जारी रहेको छ ।

बिगत दुई वर्षसम्म केहि काम हुन नसकेको लोकमार्गको यो पटक भने दुई वटा पुल निमार्णको काम अगाडी बढेको छ । लोकमार्गको कैलाली खण्डमा दुई वटा पक्की पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । लोकमार्ग अन्तर्गत काँडा खोला र झाप्री खोलामा पक्की पुल निर्माण हुने भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पर्ने काँडा खोला र मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीमा पर्ने झाप्री खोलामा पुल बन्न लागेको सेती लोकमार्ग साँफेबगर कार्यालयका प्रमुख राजेश कुमार यादवले बताए ।

 

सेती लोकमार्ग अन्र्तगत पर्ने यी दुई पुल सबै भन्दा ठुलो रहेको समेत उनले बताए । उनले भने,‘सेती लोकमार्गमा १५ वटा पुल बन्ने छन् त्यस मध्ये भर्खर टेण्डर गरिएको पुल सबै भन्दा ठुलो हो,अन्य पुलको डिजाईनको काम पनि भईरहेको छ । अरु केहि साना साना कल्भटहरु छन् ।

 

निमार्ण हुने दुई वटा पुल ८० करोडको रहेको छ ।’ दक्षिणी खण्डको यो वर्ष कामको सम्पुर्ण ठेक्का गरिसक्ने आयोजना प्रमुख यादवले बताए ।रुख कटानको आदेश प्राप्त हुने अन्तिम चरणमा रहेको समेत यादवले बताए । उनले भने,‘अहिले अबको केहि महिनामा रुख कटानको आदेश आउछ,कामको सकारात्मक नतिजा दिने पहलमा छौ,यहाँका जनप्रतिनिधि नेताहरुसंग समन्वय गरिरहेको छु,ठेक्का लगाउनु पनि ठुलै काम हो,यो वर्ष ठेक्काको सम्पुर्ण काम सक्ने गरी लागी परेको छौ।’

 

अबको एक बर्षमा ट्रयाक खोलिसक्ने गरी यो वर्ष ठेक्का व्यवस्थापन गरिसकिने गरी काम अगाडी बढाईएको यादवले बताए । बजेटको अभाव कहिले पनि नभएको तर काम नहुनु प्रमुख समस्या रहेको यादवले बताए । डोटीमा ४२ किलोमिटर र कैलालीमा २८ किलो मिटर ट्रयाक खोल्न बाँकी रहेको छ । मुख्य डोटी क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ । यो वर्षको सेतीलोकमार्गको दक्षिणी खण्डका लागी ३० करोड बजेट रहेको छ । दक्षिणी खण्डको लम्बाई २४२ किलोमिटर रहेको छ । अहिलेसम्म १२५ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।

 

यहाँका स्थानीय बासिन्दाहरु सेती लोकमार्ग बन्छ भन्ने कुरामा आशंका रहेको बताउँछन् । स्थानिय बासिन्दाहरुको भनाई अनुसार राजनितिक दल,जनप्रतिनिधिहरुको चासो नहुदाँ सेती लोकमार्गले तिब्रता पाउन नसकेको बताउछन् । उनले भने,‘वर्षेनी बजेट आउछ फ्रिज जान्छ,थुपै पटक डेलिगेसन लिएर गयौ तर कसैबाट सुनुवाई हुदैन । यो मार्ग बन्ला र सहज होला भन्ने त हाम्रो सपना नै हुने भयो । सेती लोकमार्गलाई नेताहरुले चुनाबी नारा मात्र बनाउने गरेका छन् ।’

 

सुदुरपश्चीम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाई अहिले करिब २ सय ६० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि सो मार्गको लम्बाई १ सय २९ किलोमिटरमा झर्नेछ । जसले गर्दा यस क्षेत्रका बासिन्दाहरुको आवतजावतमा समय र खर्च आधा भन्दा कम हुनेछ ।

 

सेती लोकमार्ग निर्माण भए नेपालको चार धाम मध्येको एक बैद्यनाथ धाम क्षेत्र, जडिबुटीको प्रचुर सम्भाब्यता, रामारोशन, पाटनै पाटनको क्षेत्र खप्तडको पर्यटन प्रवद्र्धन तथा सहज पहुंँच र भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुको लागि छोटो र प्रभावकारी मार्ग बन्ने छ । बझाङ, अछाम र बाजुरा जस्ता विकट जिल्लाको पनि सहर बजार सम्म सहज पहुँच हुनेछ । 

 

 

आव २०६५/६६ मा निर्माण शुरु गरिएको यो लोकमार्ग नेपाल सरकारको प्राथमिकता प्राप्त सडक आयोजना हो। कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्मको खण्डलाई दक्षिणी खण्ड र बझाङ सदरमुकाम चैनपुरदेखि उत्तरतर्फ रहेको सिमानाका ताक्लाकोटसम्मको खण्डलाई उत्तरी खण्डको नाम दिई यो सेती लोकमार्ग निर्माणाधीन छ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।=नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

एक महिनामा भक्तपुरमा १५२ वटा आपराधिक घटना दर्ता

भक्तपुर, भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

कैलाली–१ मा नेकपा संयुक्तले द्वारिका प्रसाद न्यौपानेलाई समर्थन घोषणा

धनगढी । नेपाल कम्युनिस्ट पार्टी संयुक्त कैलाली जिल्ला कमिटीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार नउठाउने निर्णय गर्दै नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेको छ।     जिल्ला कमिटी कैलालीका संयोजक प्रेमलाल चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा देश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

काभ्रेपलाञ्चोक,  जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा यहाँको रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको छ । भीमसेन प्राथमिक विद्यालयको नवनिर्मित एकतले तीनकोठे पक्की भवनको गाउँपालिका अध्यक्ष दिनेश लामा र जर्मनीस्थित हिमालयन परियोजनाका प्रमुख माइकल हुसेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।     जर्मनीको ओच्सेहौसेन ग्याम्नासुम हाइस्कुलका करिब...

बाल क्यान्सरका बारेमा सचेतना

चितवन, अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्र गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।   अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९