बुधबार, अशोज २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

छोटो समयमा अन्य ठाँउको खानेपानि निर्माण भन्दा बर्दगोरीया वडा नं ३ मा निर्माण हुन लागेको खाने पानिले तिव्रता पाएको प्रतिनिधि सभा सदस्य झपट रावलको भनाई

कैलालीको बर्दगोरीया गाउपालिका वडा नं: ३ रानीकुण्डामा खानेपानि ओभरहेड ट्याङकीको शिलन्यास गरीएको छ । बुधबार कैलाली क्षेत्र नं:२प्रतिनिधि सभा सदस्य माननिय झपट बहादुर रावलले एक कार्यक्रमका विच शिलन्यास गर्नु भएको हो ।

बर्दगोरीया गाउपालिका वडा नं ३ का वडा अध्यक्ष करने सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य माननिय झपट रावल रहनु भएको थियो । यसै गरी विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्य बहादुर थापा रहनु भएको थियो ।

खानेपानि ओभरहेड ट्याङकीको शिलन्यास गर्दै प्रमुख अतिथि रावलले अवको आर्थिक मसान्त भित्र वडा नं ३ का जनताले शुद्ध खानेपानि खान पाउने बताउनु भयो । यसै गरी रावलले छोटो समयमा अन्य ठाँउको खानेपानि निर्माण भन्दा बर्दगोरीया वडा नं ३ मा निर्माण हुन लागेको खानेपानिले तिव्रता पाएको बताउनु भयो । साथै प्रतिनिधि सभा सदस्य माननिय रावलले वडा नं ३ जोडने झुलुङगे पुल यसै वर्ष निर्माण हुने बताउनु भयो । आफनो निर्वाचन क्षेत्र भित्रका सवै ठाँउमा तटबन्धन हुने समेत रावलले बताउनु भयो । साथै रावलले भुमि व्यस्था सम्बन्धि फाईल आफुकहा नआएका कारण बर्दगोरीयाका जनतालाई जग्गा पुर्जा पाउन बाट बञ्चित गरीएको समेत बताउनु भयो । अव नेपालमा बस्ने कोही व्यक्तीपनि शुकुम्बासी नहुने बताउदै बर्दगोरीयाका जनताले पनि लाल पुर्जा पाउने बताउनु भयो । साथै विगत ११ वर्ष देखि प्रक्रियामै रहेको त्रिदेशयी सडक सेतिलोकमार्गको काम पनि छिट्टै सुरुहुने बताउनु भयो । उहाले भन्नुभयो केही कानुनी प्रावधान भएकाले रुख काटन नपाउदा अहिले सम्म निर्माण हुन नसकेको हो । अव रुख काटने आदेशसंगै कैलालीको खक्रौला घाट देखि चिनको ताक्लाकोट सम्मसडक पुग्ने बताउनु भयो ।

यसै गरी जिल्ला समन्वय समिति सभापति सुर्य बहादुर थापाले यस क्षेत्रमा विकास निर्माणका कामले तिव्रता पाएको बताउनु भयो । थापाले भन्नुभयो अहिले सरकारका प्रधानमन्त्रि तथा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेका कारण देशमा विरोध प्रदर्शन भईरहेका छन । साथै ओलीको असंवैधानिक तथा अराजकता प्रति सवैले आवाज उठाउनु पर्नेमा समेत थापाले जोड दिनु भयो ।

रानीकुण्डा खानेपानि तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष लाल सिंह विक ले स्वागत गरेको कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य नेत्र भण्डारी,लालीगुरास सामुदायिक वनका अध्यक्ष भिम बहादुर कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त खानेपानि ट्याङिक २ लाख ५० हजार लिटर क्षमताको रहने छ । खानेपानि ट्याङिक निर्माण गर्न माण्डव्य निर्माण सेवा अछामले कुल लागत १ करोड ५० लाख मध्य ९३ लाख १८ हजार ६ सय ६६ रुपैयामा सम्झौता गरेको बर्दगोरीयाका सव ईन्जिनियर सुनिल जोशीले जानकारी दिनु भयो । कार्यक्रमको संचालन वडा सदस्य टंक राज ओलीले गर्नु भएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation