आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

राजनीति परिस्थिति बारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस २४ गते धनगढी आउने

धनगढी/प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपीशर्मा ओली धनगढी आउने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार पछिल्लो राजनीति परिस्थिति बारे आफ्ना धारणा राख्न प्रधानमन्त्री ओली पुस २४ गते धनगढी आउने भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहले पुस २४ गते धनगढीमा जन सभाको आयोजना गरेको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताए अनुसार जनसभाका लागि विभिन्न समिति गठन भएका छन् ।

अध्यक्ष थापाको संयोजकत्वमा २५र२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ । यस्तै, गरेर केन्द्रीय सदस्यहरु क्रमश दीपकप्रसाद देवकोटाको संयोजकत्वमा आर्थिक समिति, नारदमुनी रानाको संयोजकत्वमा अथिति सत्कार समिति, रणबहादुर चन्दको संयोजकत्वमा मञ्च तयारी समिति, देवबहादुर वमको संयोजकत्वमा यातायात व्यवस्था समिति, डिल्लीराज भट्टको संयोजकत्वमा स्वास्थ्य र उद्धवकुमार भट्टराईको संयोजकत्वमा प्रचार प्रसार समिति, लिला भण्डारीको संयोजकत्वमा जन परिचालन समिति र राजेश खातीको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति गठन भएको छ ।

अध्यक्ष थापाले पुस २२ गते प्रदेश समितिको बैठक बस्ने बताउदै यसअघि अर्को पक्षले आफूलाई नबोलाएर गरेका सबै निर्णय खारेज भएको पत्रकार सम्मेलनमा बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation