Baigyanik Media

Advertisment

SKIP THIS

नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठनको आम भेला कार्यक्रम खैरेनीमा सम्पन्न

बौनिया/कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनी मा नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठन को आम भेला कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठनका अध्यक्ष गणेश बि.कको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि श्री न्यू लालीगुराँस ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड का अध्यक्ष भुपेन्द्र रास्कोटी रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण बाट बोल्दै रास्कोटीले अब सबै युवा हरू को काधम देश लाई बचाउने जिम्मा आयको बताउनु भयो उहाँले भन्नुभयो कुनै पनि पाटी नेता ले देशको लागि भन्दा कुर्सीको लागि मात्र सोच्ने भएकाले अब सम्पूर्ण देश विदेश मा रहेका युवाहरुले देशको लागि स्वतन्त्र भयर लगाउनु पर्ने समेत बताउनु भएको छ।

नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठन एउटा जिल्ला वडामा मात्र नभई देश भरिनै सञ्चालन गर्नु पर्ने बताउनु भयो हजारौं युवा भारत लगायत अन्य थुप्रै देश मा गएका युवा हरुलाई यस सङ्गठनमा एक बनाउन जरुरी रहेको बताउनुभयो अब सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुले ईमंदार निस्पक्ष राम्रो शिक्षा भएको ब्यक्तिलाई चिनेर आउने चुनावमा जिताउनु भयो भने यो अवस्था नआउने समेत बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठन प्रवास उपाध्यक्ष खेम देवकोटा रहनुभएको कार्यक्रममा स्वागत मन्तब्य नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठनका सदस्य टेकराज रेग्मीले गर्नु भएको थियो। 

 

कार्यक्रममा‌ अतिथि बुद्धिजिबि शेरबहादुर ओली अतिथि सयपत्री अपाङगताका अध्यक्ष चेतराज थापा समाज सेवी मोहन सिंह बिश्वकर्मा
महिला समाज सेवी सुसिला बि क बृद्ध समाज सेवी यम बहादुर भट्टराई लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो
कार्यक्रमको सञ्चालन नेपाल प्रवास स्वतन्त्र युवा सङ्गठनका कोषाध्यक्ष दिपक बुढा क्षेत्रीले गर्नु भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation