आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

गैरसंबैधानिक सरकारका विरुद् आवाज उठाउन कांग्रेस सडकमा आउनु परेको राठौरको भनाई

बौनिया/कैलालीको बौनियामा नेपाली कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २(ख)ले संसद विघटन, सर्वसत्तावाद, अधिनायकवाद, एकाधिकारवाद, भ्रष्टाचार र अनियमितता विरुद्धमा बिरोध (याली तथा सभाको आयोजना गरेको हो ।

बौनियाको रोडमा रहेको कांग्रेस क्षेत्र नम्बर २ बौनिया को पार्टी कार्यालय देखि निकालिएको बिरोध (यालीले बौनिया बजार परिक्रमा गरेको थियो ।

बिरोध ¥याली पछि बौनिया चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व शिक्षा राज्य मन्त्री  तथा आमन्त्रित केन्द्रीय सदस्य मोहन सिंह राठौरले गैरसंबैधानिक सरकारका विरुद्ध जनमत तयार गर्न र सरकारको कदमका विरुद्ध आवाज उठाउन नेपाली कांग्रेस सडकमा आएको बताए । उनले न्यायालयको निर्णय जनताको पक्षमा भएको कांग्रेसको विश्वास रहेको बताए ।

 

‘न्यायालयले देशको हितमा, नागरिकको हितमा सधैभरी निर्णय गरेको छ । अझैपनि जनताका पक्षमा न्यायालयले निर्णय गर्ने छ ।भन्नेमा हामीलाई विश्वास छ’ । उनले भने ‘यो यतिमै रोकिने आन्दोलन होईन, न्यायालयको फैसला पछि एउटा अन्तिम आन्दोलन हुनेछ । जुन आन्दोलनले आधिनायिक तनाशाहि प्रवृतिको ओली सरकारलाई नेपाली सत्ताको वागडोरबाट पदच्युत गर्नेछ ।’

उनले अहिले ओली हतास मानसिकतामा भएको बताए । ‘हिजो धनगढीमा आएर ओलीजी धेरै कुर्लिनु भो, निदहराम भएको छ, हतास मानसिकता छ’ उनले भने ‘ओलीजी तपाईको मुख्र्याई, तपाईको दम्ब, तपाईको अहङ्कारले जसरी नेपाली जनताको अधिकार अपहरण गरेको छ । त्यसको सजाय तपाईले अवश्य पाउनु हुने छ भनाई रहेको छ।

 

​​​

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation