
बौनिया/नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका समितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज(शनिबार) बौनिया बाट मुढा बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत बौनियामा पनि प्रदर्शन गर्न लागिएको हो ।
नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिका सभापति गणेश शाहीले आन्दोलनका कार्यक्रम अन्तरगत भोली पार्टी कार्यालयबाट ¥याली निकालेर दिउसो ११ बजे बौनिया मुढा बजार चोकमा बिरोध प्रदर्शन सहित कोष सभाको आयोजना गरिने बताए ।
यसैबिच कांग्रेस सभापति शेर बहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै भोलि हुन लागेको विरोध प्रशर्दनलाई सबैले साथ दिन आह्वान गरेका छन् ।
पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ ।
पछिल्लो पटक पुस १९ गते बसेको बैठकले प्रतिनिधि सभा विघटन विरूद्ध प्रदर्शनका कार्यक्रमहरु तय गरेको थियो ।