आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु लम्की तनावग्रस्त

कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

 

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर पनि जलाएका छन्।

 

प्रहरीले ठक्कर दिने बस र चालक बर्दगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation