बौनियाँ/साइनिङ्ग स्टार युवा क्लबको दोस्रो चुनावी साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ मा रेहेको उक्त क्लबको साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
बर्दगोरिया गाउपालिका वडा नम्बर ३ का अध्यक्ष करने सुनारको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका न्यायीक समिति सदस्य टंक ओलि, कार्यपालिका सदस्य कोकीला खत्री रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष सुनारले साइनिङ्ग स्टार युवा क्लबले सधै युवा तथा समाजको हितमा वकालत गर्नुका साथै विभिन्न कार्यक्रमको आयोजना गरेर वडाको पनि नाम चिनाउने काम गरेको भन्दै धन्यवाद दिनु भएको छ । साथै आगामि दिनमा समेत उक्त युवा क्लवलाई आर्थिक, नैतिक, जस्ता काममा सधै वडा तथा आफ्नो व्यक्तिगत तर्फ बाट साथ रहिरहने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अथिति न्यायीक समिति सदस्य टंक ओलि पनि पहिलेका दिनमा पनि उक्त क्लवलाई खेलकुद लगाएत बिभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामि दिनमा पनि सधैभ सहयोग रहने बताउनु भयो । क्लवले खेलकुद मैदानको माग गरिरहेको र मैदानको लागि स्थानी तथा प्रदेश सरकारसँग पहल गदमी चलाउने ओली बताउनु भयो ।
कार्यपालिक सदस्य कोकिला खत्रीले पनि यहाँका युवाहरुका लागि पहिले पनि आवश्यत्ता अनुसार बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आगामि दिनमा पनि स्थानीय सरकार सँग पहल गरेर तथा आफ्नो व्यक्तिगत तर्फ बाट सहयोग गर्ने समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका आलेप बिष्णु बिष्ट, शिवशक्ति ग्रामिण विद्युतका अध्यक्ष नवराज टमट्टा, रानिजरुवा सामुदायिक वनका अध्यक्ष लाल सिंह बि।क, शिक्षक शिवराज गौतम, के।के। युवा क्लवका अध्यक्ष शिखर बि।क लगाएतकाले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
वि।स। २०७४ साल माघ २१ गते देखि कानुनी रुपमा दर्ता गरि आएको उक्त क्लवले युवाहरुलाई विशेष गरेर खेलकुदमा प्रेरित गर्नुका साथै विभिन्न आपल कालीन समयमा गरिब तथा दैविक प्रकोपबाट पिडित भएका व्यक्तिलाई सहयोग गर्दै आएको साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन ओलीले बताउनु भयो ।
क्लबका अध्यक्ष मिलन ओलीको सभापतित्वमा भएको कार्यक्रमको संचालन क्लवका वरिष्ठ उपाध्यक्ष भेष राज जोशीले गर्नु भएको थियो ।