Baigyanik Media

Advertisment

SKIP THIS

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको लगत संकलन ईकाई सम्बन्धी बर्दगोरीयामा अभिमुखिकरण सम्पन्न

बौनियाँ,कैलाली/ भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको लगत संकलन ईकाई सम्बन्धी गाउँपालीकाका पदाधिकारी र कर्मचारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम सोमबार कैलालीको बर्दगोरीया गाउँपालिकामा सम्पन्न भएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष दिपक देवकोटाले नेपाल सरकारले ल्याएको योजना अनुरुप नेपालमा अब कोही पनि भुमिहिन हुनुपर्ने अवस्था नआउँने बताउनु भयो । विगतमा यस्ता थुप्रै आयोगहरु बनेको बताउँदै अहिले सम्म कुनै आयोगले काम नगर्न सकको र अब काम तिव्र गतीमा अघि बढने बताउनु भयो ।

नेपालको संविधानको भाग ३ मा लेखिए बमोजिम मौलिक हक र कतव्र्य अनुरुप सवैले भुमि पाउने जिल्ला अध्यक्ष देवकोटाले बताउनु भयो । ‘देवकोटाले भने’ “जब सम्म सुकुम्बासीले सरकारले दिएको जग्गा बेचेर खाने प्रवृति हट्दैन्न तब सम्म सुकुम्बासी हटदैन” ।

कार्यक्रममा भुमिहिन दलित, भुमिहीन सुकुम्बासी र अवस्थित बसोबासीले भर्ने फारमका बारेमा केन्द्रिय सदस्य अगस्त अधिकारीले जानकारी गराएका थिए । उनले भने भुमिहिन दलित, भुमिहीन सुकुम्बासीले अनुसुची ३ र अवस्थित बसोबासीले अनुसुची ४ को फर्म भर्नु पर्दछ । अनुसुची ३ भनेको तिन पुस्ते घरमुलिको नाममा नम्बरी जग्गा नभएकाहरुले भर्ने फराम हो । सो फाराम भरे बाफत नेपाल सरकारले प्रति व्यक्ती १ कट्टा देखि ५ कट्टा सम्म जग्गाको लालपुर्जा उपलब्ध गराउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी गराएका थिए ।

यस्तै अनुसुचि ४ फारममा अव्यवस्थित बसोबासीहरुले भर्ने फाराम हो, त्यो फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा समेत अधिकारीले जानकारी गराएका थिए । अनुसुचि ४ फाराम भनेको जग्गा धनि पुर्जा भएको तर खाईपाई नआएको र अव्यवस्थित बसोबास गर्दै आएका हरुले सो फाराम भर्नुपर्ने समेत जानकारी गराएका थिए ।

बर्दगोरीया गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुको अध्यक्ष्तामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवति देवि डगौरा थारु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्की, वडा नं १ देखि ६ नंं वडा का वडा अध्यक्षहरु, विभिन्न राजनितकदलका प्रतिनिधि, बुद्धिजिवि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अधिकृत गोविन्दराज रेग्मीले गर्नुभएको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation