गुणस्तरिय शिक्षाको विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बीच राम्रो सम्बन्ध हनुपर्ने प्रतिनिधीसभा सदस्य सांसद रावलको भनाई

कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य सांसद झपट बहादुर रावलले ओली आवेगका कारण जनताको त्याग तपस्या र बलिदान बाट प्राप्त शासन व्यवस्था माथि प्रहार भएको बताए । बर्दगोरिया गाउँपालिकामा रहेको श्री माध्यामिक विद्यालय कोटा तुल्सीपुरको ५६ औं बार्षिक उत्सव कार्यक्रम लाई मंगलबार सम्बोधन गर्दै प्रमुख अतिथि रावलले यस्तो बताएका हुन ।

संविधानलाई मिचेर कानून विपरित प्रतितनिधीसभा विघटन गरि जनमतको ओलीले अपमान गरेको भन्दै संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ती सबै एक भएर प्रतिगमनका विरुद्ध उत्रनु पर्ने उनले बताए । जनताको भावनामा माथि कसैले पनि खेलबाड गर्ने अधिकार छैन भन्दै आलीले देश र जनता माथि खेलबाड गरेको सांसद रावलले बताए । 

धेरै समय शिक्षाको बारेमा बोलेका रावलले विद्यालयमा विद्यार्थीलाई किताव स“गै जीवन पढाउन आवश्यक रहेको बताए । गुणस्तरिय अनुशासन र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने भन्दै व्यक्ति समाज र देशलाई परिवर्तन नगर्ने शिक्षाको अर्थ नरहेको उनले बताए ।रावलले भने “भौतिक संरचना निमार्ण गरेर जिम्मेवारी पूरा हुदैन । भौतिक विकास स“गै मानवीय विकास जरुरी छ । अधिकार खोज्नेले आÏनो दायित्व कर्तव्य र जिम्मेवारी पनि बहन गर्नुपर्छ ।” गुणस्तरिय शिक्षाको विकासको लागि शिक्षक अभिभावक र विद्यार्थी बीच राम्रो सम्बन्ध हनुपर्नेमा रावलले जोड दिए । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् राष्ट्रिय सभा सदस्य शेर बहादुर कु“वरले विकासले नसोचेको भन्दा धेरै गति लिएको बताए । शिक्षाको विकास बिना देशको विकास नुहने भन्दै सबै शिक्षाको विकासमा लाग्नुपर्ने बताए । अहिले सन्तान बाटै डर मान्नुपर्ने र असुरक्षा बढी रहेकोले सबैले आÏनो सन्तान राम्रो बनाउने तर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रमका विशिष्ट अतिथि एवम् कैलाली क्षेत्र नम्बर २ का प्रर्देससभा सदस्य नन्द बहादुर साउ“द राजेन्द्रले आफूले यस क्षेत्रको समग्र विकासका निम्ती महत्वपूण भूमिका खेल्दै आएको बताए । जनताको रगत बाट प्राप्त आधिकार माथि ओलीले कुल्चने काम गरेको भन्दै परिवतर्नको पक्षमा ओली प्रतिगमनका विरुद्ध सबैले उत्रनुपर्ने साउ“दले बताए । 

नेकपा कैलालीका सचिब लाल बहादुर सोडारी दर्शनले परिवर्तनका लागि शिक्षा अनिवार्य रहेका बताए । सबैका लागि शिक्षा समान हुनुपर्नेमा उनले जोड दिदै ओली अधिनायकका विरुद्ध आवाज उठाउनु पर्ने बेला आएको बताए । त्यसैगरि युवा नेता नेत्र भण्डारीले विद्यालय जस्तो पवित्र ठाउ“मा राजनीति कसैले पनि गर्न नहुने भन्दै सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । व्यवस्था परिवर्तनका लागि हिजो युवाले रगत बगाएको भन्दै ओली कदमलाई रोक्न आवशयक परे फेरीपनि रगत बगाउन तयार रहेको तर ओलीको असंवैधानिक कदम कुनैपनि हालतमा नस्वीकार्ने भण्डारीले बताए । 

कार्यक्रममा जनकलाकार बिस्ना बिसी सपनाले देशप्रेम जनबादी गीत गाउ“दा सबै भावुक र गम्भीर भएको थिए । गीत मार्फत बिसीले जनता आÏनो अधिकारको लागि जाग्नुपर्ने भन्दै गलतका विरुद्ध संघर्षमा उत्रनुपर्ने संन्देश दिएकी थिईन । देश र जनताको लागि ओलीले बेइमानी गरेकोले ओलीको बेइमानीका विरुद्ध एक भएर लाग्नुपर्ने गीत मार्फत सबैलाई आग्रह गरेकी थिईन् । 

विद्यालय व्यवस्थापन सिमितिका अध्यक्ष  दिल बहादुर भूलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय लाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सांसद झपट बहादुर  रावललले दुईकोठे विद्यालय भवनको शिलान्यास समेत गरेका थिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९