मलाई जिउँदै चिहानमा जानु थिएन मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा

मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा थिएँ। मलाई चिहानसम्म पुर्याउने त्यो ड्राइभरले ऊ र म बसेको ट्याक्सी भित्रका सबै बत्ती बन्द गरेको थियो।उसले जिउँदो मान्छेलाई चिहानमा पुर्या याएकोयो। यसको अर्थ हो, उसले आफूभित्रका पनि सबै बत्ती बन्द गरेको थियो।मलाई डर देखाउनका लागि ऊसँग संसारको सबभन्दा भयानक हतियार थियो- अँध्यारो। संसारमा जति मान्छे अँध्यारोमा मरेका छन् त्योभन्दा बढीलाई अँध्यारोले मारेको छ।मलाई पुर्याइएका चिहानघारीभरी सेता चिहानहरू देखिन्थे। म जुन ट्याक्सीभित्र थिएँ, त्यो ट्याक्सी पनि सेतो थियो। थर्रर कामिरहेको मेरो जिउले सोच्यो- के म गुड्ने चिहानभित्र छु?जहाँ जिउँदो हुन पाइँदैन त्यो चिहान हो भने अहिले कति मान्छेहरू एकतले, दुईतले, तलैतले चिहानहरूमा बसिरहेका होलान् है?ट्याक्सीभित्रको अँध्यारोमा आफ्नो सिटमा बसेर त्यो ड्राइभरले मलाई कहाँ र कसरी हेरिरहेछ? के गर्ने योजना बनाइरहेछ? सम्झेरै जिउ कामिरहेको थियो। तर अँध्यारोले गर्दा कामेको देखिएको थिएन।ट्याक्सीको झ्यालबाट पुलुक्क बाहिर हेर्दा त्यो चिहानघारीभरी दर्जनौं बिराला हिँडिरहेका देखेँ। ती बिरालाहरू कसको मलामी आएका हुन्? मेरा हातभित्रका मुटुहरूले भने,सानो छँदा मैले बिरालोका बच्चाहरूलाई मेरै भागको दूधभात खुवाएको थिएँ। यो ड्राइभरले मलाई नराम्रो गर्न लागेको देखे भने, के यी बिरालाहरूले दूधको भार तिर्लान्?एक्कासि बिजुली चम्किएजसरी दुई गाला जति उज्यालो ड्राइभरको मोबाइलबाट उफ्रिएर उसको अनुहारमा टाँस्सियो। फोन आएको रहेछ। उसले रिसाएको बादलजस्तो अनुहार बनायो। फोनमा चट्याङ परेजस्तो बोल्न थाल्यो। ऊ टाउको यताउता घुमाउन थाल्यो। खै, कसलाई के संकेत दिन हो, ट्याक्सीभित्रको बत्ती बाल्यो। अनि सानो स्वरमा फुस्फुसाउन थाल्यो।ऊ उसको भाषामा कोसँग के बोलिरहेको थियो, केही बुझिनँ। झन् आत्तिएँ।नबुझ्नु आफैंमा ठूलो डर हो। तर त्योभन्दा ठूलो डर चाहिँ डरलाई नबुझ्नु हो।मेरो दिमागमा पनि बिजुली चम्कियो। बिजुलीको उज्यालोले मलाई भन्यो- जे गर्नु छ उसले फोनमा बोलिरहेकै बेला गर्। नत्र एकछिन पछि तँसँग बोल्ने जिब्रो नहुन सक्छ। गर्ने हात नहुन सक्छ। मैले हत्तपत्त आफ्नो गोजीबाट फोन आएजस्तो गरेर मोबाइल निकालेँ। कोहीसँग बोलेजस्तो गर्न थालेँ। हो, मेरो मोबाइल स्विच-अफ थियो। अन नै भएको भए पनि मसँग त्यहाँ चल्ने नम्बर थिएन। तर त्यो कुरा उसलाई त थाहा थिएन। कहिलेकाहीँ आफूलाई के थाहा छ भन्ने कुराले भन्दा अर्कोलाई के थाहा छैन भन्ने कुराले बढी फाइदा हुन्छ। म नेपालीमा जे पायो त्यही बोल्न थालेँ। के बोलेँ, अहिले ठ्याक्कै याद छैन। तर नेपाली वाक्यहरूमा पुलिस भन्ने शब्दलाई जथाभावी घुसाउन थालेँ। उसले पुलिस शब्द चाहिँ बुझोस् भनेर हरेक पटकफरक-फरक तरिकाले उच्चारण गरेँ- पुलिस। पोलिस। प्वलिस। म बोलेको देखेर खै किन हो उसले फोन राख्यो। अब त म झन् ऊतिरै हेरेर बोल्न थालेँ। उसले म फोनमा बोलेको जसरी हेरिरहेको थियो, त्यो हेराइ केही मिनेट अघिको हेराइभन्दा पूरै फरक थियो। अघि उसले सर्पले भ्यागुता हेरेझैं मलाई हेरेको थियो। अहिले सर्पले चिललाई हेरेझैं हेर्न थाल्यो।अनि त मैले झन् नडराएको अभिनय गरेँ। उसले मैले गरेको अभिनय पत्यायो। या मैले अभिनय गरेको पत्याएको अभिनय गर्यो।जीवनमा अरूबेला धेरैचोटि मैले बाँचेको अभिनय गरेको थिएँ। त्यतिबेला म बाँच्नलाई अभिनय गरिरहेको थिएँ।पुलिस शब्दले जादु गर्यो। उसले के बुझ्यो? के सोच्यो? उही जानोस्। तर उसले फनक्क ट्याक्सी घुमायो। गुडाउन सुरू गर्यो। म मेरो भाषामा कोसँग के बोलिरहेथेँ, उसले केही बुझेन। ऊ डरायो।नबुझ्नु आफैंमा ठूलो डर हो। तर त्योभन्दा ठूलो डर चाहिँ डरलाई नबुझ्नु हो।उसले मूलबाटोतिर ट्याक्सी कुदायो।सर्पले भ्यागुतालाई टोक्न छाडेर आफू हिँड्नुपर्ने बाटोतिर हिँड्न थाल्यो। अगाडि बाटोको उज्यालो थियो। अगाडि उज्यालोको बाटो थियो। तर मलाई थाहा थियो,अझै पनि मैले उसलाई ठेगाना दिएको मेरो होटल नपुगुन्जेल म सुरक्षित थिइनँ। नपुगुन्जेल कोही पनि सुरक्षित हुँदैन। मलाई लाग्यो, मैले सुरक्षित भइरहन फोनमा बोलिरहनु पर्छ। मैले पुलिस भन्ने शब्द झन् धेरैचोटि वाक्यमा मिसाउन थालेँ। त्यतिखेर एउटा अचम्मको सोच मनमा मिसियो- पक्कै पुलिस शब्द सुनेपछि यो ड्राइभरले उसको सोच र गाडी दुवै मोड्यो। पुलिस शब्द उच्चारण गर्दा मैले त युनिफर्ममा भएका नेपाल प्रहरी सम्झेको थिएँ। तर ऊ कहाँको प्रहरी सम्झेर डरायो होला! डर वा सुरक्षाले कुनै देशको युनिफर्म नलगाउने रहेछ। अब म कतिबेर यति विश्वासिलो अभिनय गरिरहन सक्छु? बीच बाटोमै उसलाई मेरो बोलीमा शंका लाग्यो भने म बस्ने होटल नपुगुन्जेल म सुरक्षित थिइनँ। नपुगुन्जेल कोही पनि सुरक्षित हुँदैन। धेरैबेर नडराउन सजिलो होला। तर धेरैबेर नडराएको अभिनय गर्न गाह्रो हुँदो रहेछ।धेरैबेर हुँदै नहुन सजिलो होला। तर धेरैबेर नभएको अभिनय गर्न गाह्रो हुँदो रहेछ। त्यस्तो के हुन सक्छ जहाँ म पुलिस शब्दलाई यति सजिलोगरी बोलौं कि उसलाई शंकै नहोस्? फ्याट्टै उपाय निस्कियो। प्रहरी शब्दको ठाउँमा पुलिस शब्द राखेर म त्यो ट्याक्सीको पछाडि मेरो लामो कविता ,प्रहरी ढुक्कले वाचन गर्न थालेँ। त्यो मेरो जीवनको पहिलो ट्याक्सी कविता कन्सर्ट थियो। पृष्ठभूमिमा डरको पियानो र आशाको बाँसुरीको लाइभ म्युजिक बजिरहेको थियो। एउटा श्रोता थियो। एउटा कवि थियो। र, गुडिरहेको सवारी थियो। कविता सक्कियो। डर सक्किएन। उसले बोल्ने सुरसार गरेन। होटल पुग्ने सुरसार देखिएन। बरू मैले आफैं शूर हुने सुरसार गरेँ। फोनमा बोलेको अभिनय बन्द गरेँ। अभिनय नगर्ने निर्णय गर्न ठूलो आँट चाहिन्छ। मैले अलि अघि सरेर अंग्रेजीमा भनेँ,हामी कतिखेर पुग्छौं यसपालि उसले पहिलेजस्तो रिसाएर चुप भन्ने इशारा गरेन। नो इङ्लिस भनेर थर्काएन। उसले मोबाइल कारमा अड्याएर के-के थिच्यो। मलाई मोबाइलतिर इशारा गरेर बोल भन्ने संकेत दियो। मैले उसको मोबाइल नजिकै मुख लगेर सोधेँ,हामी कतिखेर पुग्छौं दाजुलल उसले अनलाइन अडियो कन्भर्टरखोलेको रहेछ। मेरो बोलीलाई उसको मोबाइलले उसको भाषामा अनुवाद गरिदियो। उसले भन्यो,पुग्न लाग्यौं। म अलिकति खुसी त भएँ तर मनले भन्यो-पुग्न लाग्नु सँग चित्त नबुझा। नपुगी सुरक्षित भइन्न। कहिलेकाहीँ पुग्न लाग्नु र पुग्नु बीचको दुरी असीमित दशमलव असम्भव किलोमिटर हुन्छ। उसले केही मिनेट ट्याक्सी कुदाएपछि रोक्यो। र, त्यो कन्भर्टरमा भन्यो,तपाईंले भनेको ठाउँ यही हो। तपाईं पुग्नुभयो।पुगेकोमा खुसी भएँ। म भागेजसरी नै हतार-हतार ट्याक्सीबाट निस्किएँ यद मलाई यो पुरूषबाट छुट्न पाए सबै ठीक हुन्छ जस्तो लागिरहेको थियो।ट्याक्सीबाट बाहिर निस्किएर हेर्दा पो थाहा भयो, वरपर त कुनै होटल छैन। सुनसान रातमा निदाइरहेका घरहरूको लश्कर मात्रै थियो। पाटनको गल्लीजस्तो उज्यालो र अँध्यारोको टाटेपाटे धर्काहरू थिए। परपरसम्म एकजना मान्छे पनि थिएन। ट्याक्सीवाला फर्किनलाई ट्याक्सी घुमाइरहे9पको थियो। मेरो मोबाइल अफ थियो। होटलको ठेगाना ट्याक्सीको बिलमा थियो। तर त्यो दलालले यति झुर अक्षरमा लेखेछ कि बुझ्नै गाह्रो भयो। आफूभित्रैबाट एउटा आवाज आत्तिँदै चिच्यायो- म कहाँ छु? अब म यहाँ कसलाई भेटूँ? कहाँ जाऊँ? जहाँ आइपुगेँ त्यो कहाँ आइपुगे पुगेपछि सधैं सुरक्षित भइन्छ भन्ने होइन रहेछ। आफैंभित्रको आवाजले मेरो जिउ थथर्किन थाल्यो। जानुअघि त्यो ड्राइभरले मलाई पुलुक्क झ्यालबाट हेर्यो। मलाई लाग्यो कि मैले अहिले नै इशारा गरेर उसलाई बोलाएँ भने बोलाएँ, नत्र यो कोही नभएको ठाउँमा अब ऊ पनि हुने छैन।अघिसम्म मलाई यो पुरूषबाट छुट्न पाए सबै ठीक हुन्छ जस्तो लागिरहेको थियो। अब म उसलाई रोकूँ कि जान दिऊँ। ऊ गयो भने म अब यहाँ कोहीसँग पनि हुन्न। कोहीसँग पनि नहुनु डरलाग्दो हो कि डर लाग्ने मान्छेसँग हुनु डरलाग्दो हो? सोच्दासोच्दै ऊ गयो। हेर्दाहेर्दै म एक्लै भएँ। अँध्यारा ती घरहरूमा साना अक्षरले नाम लेखिएका थिए। हरेक घर स-साना होटल थिए कि? बिलमा किरमिर अक्षरमा लेखिएको होटलको नाम खोज्दै परसम्म गएँ। भेटिनँ। कति बज्यो पनि थाहा थिएन। कान यति डराए कि हिँड्दा आफ्नै पैतालाको आवाजभन्दा साह्रो मुटु धड्केको सुन्न थालेँ। धेरै रात परेकाले होला बाहिर कोही मान्छे नै थिएनन्। कसको घरमा ढक्ढक्याउनू? जति नै खोजे पनि होटलको नाम नभेटेपछि मैले हार खाएँ। त्यहीँ फर्किन मन लाग्यो जहाँ त्यो ड्राइभरले छाडेको थियो। म पुग्नुपर्ने होटल त त्यहाँ थिएन तर त्यो त्यही ठाउँ थियो जहाँ म पुगेँ भनेर एकैछिन भए पनि खुसी भएको थिएँ। मान्छे खुसी भएको ठाउँमा फर्किरहन चाहन्छ। मान्छे बालापनमा फर्किरहन चाहन्छ। म बालापनतिर फर्किँदै गर्दा त्यो गल्लीको बीचमा पुगेँ। एक्कासि त्यहाँको एउटा सेतो तीनतले घरको पहिलो तलाको मूलढोका खुल्यो। मेरो मनमा आशा खुल्यो। बत्ती बल्यो। ढोकाबाट कपाल खुला छाडेकी गोरी महिला बाहिर निस्किन्। मैले उनलाई हेरेँ। उनले मलाई देखिन्। देख्नु र हेर्नुबीचको फरक अथाह दशमलव अनन्त किलोमिटर हुन्छ। मेरो दिमागले मलाई एकैपटक दुइटा प्रश्न सोधे उनी को हुन्? उनी के हुन्? को र के बीचको फरक देह दशमलव आत्मा जति हुन्छ। उनले मलाई अंग्रेजीमा एउटा प्रश्न सोधिन् जसमा मेरा प्रश्नका उत्तर थिए- तपाईंको नाम नवराज पराजुली हो? अरू कसैको मुखबाट आफ्नो नाम सुनेर म जीवनमा त्यति खुसी कहिल्यै भएको थिइनँ। तर जब उनले मलाई उनको होटलभित्र लगिन्, मलाई चिहानघारीभन्दा सुनसान लाग्यो। उसले अर्को अर्थ नलाओस् भनेर मैले ख्याल गरेर सोधेँ,यो होटल किन यति शान्त? सबै पाहुनाहरू अघि नै सुतिसकेका हुन्?ती मालिक्नीले एकदमै अनौठो गरी हाँस्दै भनिन्,सुनसान हुनुमा पहिलो कुरा त निक्कै रात परिसक्यो। तपाईंको रूम बुक गरिदिने फिनल्यान्डको साथीले फोन गरिरहनुभएको थियो। म तपाईं कतिखेर आउनुहुन्छ भनेर ढोका खोल्दै, हेर्दै, बन्द गर्दै पर्खिरहेकी थिएँ। अनि दोस्रो कुरा- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन। उनले दोस्रो कुरा एकचोटिमात्रै भनेकी थिइन्- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन। यी दुई वाक्य केही सेकेन्डमै मेरो दिमागमा सयौंचोटि गुन्जिए जसले हजारौं अर्थ दिए। लगत्तै उनले सोधिन्तपाईं के चाहनुहुन्छ?मनमा हजारौं उत्तर बुरुरु आए,नेपाल जान चाहन्छु। घर जान चाहन्छु। भोकले प्यात्त भएको छु। तर अहिले केही खान चाहन्नँ। म युरोपका बाँकी देशमा कन्सर्ट गर्न पनि चाहन्नँ। पैसा/नाम केही कमाउन चाहन्नँ। अब जम्मा नेपालसम्म पुग्ने बाटो कमाउन चाहन्छु। मैले सारा चाहनालाई एउटै शब्दमा समेटेर भनेँ, वाइफाइकोठामा गएँ। एउटा ठूलो खाट रहेछ। ढोका बन्द गरेँ। मोबाइल चार्ज गरेँ। वाइफाइ जोड्न खोज्दै थिएँ ढोकामा कसैले ढकढक गर्यो। मेरो ढुकढुक बढ्यो। होटल मालिक्नीको बोली सम्झिएँ- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन। उसो भए यो को हो? या के हो? कतै यो तीनतलाको चिहान त होइन? मैले खोलिनँ। फेरि बज्यो। भित्रैबाट सोधेँ,को हो? होटल मालिक्नीको आवाज आयो- म। ऊ किन भित्र आउनुपर्यो यति राती? यो ठूलो खाट त मेरै मात्रै त हो नि होइन? म किन के-के सोचिरहेको छु? भोकले हो? मैले ढोका खोलेँ। ऊ आएर मलाई उसको फोन दिँदै भनी,तपाईंको फिनल्यान्डको साथी बोल्ने रे।मैले फोन लिएँ। सुवासले भन्यो,गुरु तपाईं पुगेको थाहा भयो। तपाईं र म त अहिले म्यासेन्जरमै पनि बोलौंला। तर मैले होटल मालिक्नीको फोनबाटै तपाईंसँग कुरा गरिसकेपछि तपाईंलाइ त्यहाँ केही समस्या हुन्न। मसँग अब यो कलको प्रमाण छ। ढुक्कले सुत्नुस्। भोलि सबै कुरा गरौंला।साथीले यति गहिरो गरी ख्याल गरेको देखेर मेरा आँखाको गहिराइमा पानी भरिए।ऊ गई। मेरो फोनमा इन्टरनेट आयो।अघि एयरपोर्टमा एकछिन कुरा हुँदा जर्मनीका लागि नेपाली राजदूत महामहिम रमेशप्रसाद खनालले पनि भन्नुभएको थियो,नवराज बाबु, होटल जानुस्। दूतावासबाट हुने सहयोग म सप्पै गर्छु। इस्तानबुलमा म पनि बसेको छु। डराउनुपर्ने केही छैन।उहाँ जर्मनीमा हुनुहुन्थ्यो। सुवास फिनल्यान्डमा। तर भोग्नुपर्ने जति त मैले इस्तानबुलमा भोगिरहेथेँ। गर्नेले उधूम् माया गर्ला। जतिखेरै माया गर्ला। भएजति सबै माया एउटै मान्छेमा खन्याउला। तर कहिलेकाहीँ टाढाको मायाको औषधिले आफ्नो दुःखको रोग निको नपार्दो रहेछ। मेरो डर निको भएन। मलाई कोही यस्तो चाहिएको थियो जो मेरो नजिकै होस्। तर कसरी?मभित्र सबैथोक यस्तरी थाकिसकेको थियो, म प्रार्थना गरिरहेथेँ कि मेरो टाउको कसैले लगेर मेरा लागि सोचिदियोस्।मेरो प्रार्थना पूरा भयो। कुरा गर्दागर्दै म्यासेन्जरमा एउटा म्यासेज आयो जसमा लेखिएको थियो- आफ्नो कुरा फेसबुकमा लेख्नुस्।मैले त्यतिखेर त्यति सोच्न जानेको थिइनँ। त्यही गरेँ। यी चार शब्दले मलाई त्यसरी बचाए जसरी अघि पुलिस भन्ने शब्दले बचाएको थियो। शब्द बचाउनेहरूलाई शब्दहरूले बचाउँदा रहेछन्।मैले फेसबुकको एम.आर.आर भन्ने ग्रुपमा पोष्ट गरेँ। केटाहरूले सैयौं थोप्लो हानेर बुस्ट गरे। केही मिनेटमै मेरो म्यासेन्जरमा म्यासेज आयो।नमस्कार मेरो नाम उत्तम शर्मा। मलाई भर्खरै क्यानडाबाट राजेन्द्र पोखरेलले फोन गर्नुभएको थियो। तपाईं इस्तानबुलमा समस्यामा पर्नुभएको रहेछ। नआत्तिनुस्। अहिले जहाँ हुनुहुन्छ, त्यहीँ सुत्नुस्। मलाई त्यहाँको लोकेसन पठाउनुस्। हामी तपाईंलाई भेट्न भोलि बिहानै आउँछौं।नेपाली भाषामा लेखिएको यो सादा म्यासेज कुनै भावुक कविता होइन। तर यो पढेर म त्यो ठूलो खाटको पूरै क्षेत्रफल भिज्नेगरी रोएँ। एउटा फराकिलो आश बोकेर त्यो फराकिलो खाटमा मैले मेरो लामो जिउलाई फालिदिएँ। निदाउँदै गर्दा सोचेँ- राजेन्द्र पोखरेल नामको त म कसैलाई चिन्दिनँ। उहाँ को हो? क्यानडाबाट टर्की फोन गरेर नचिनेको मान्छेलाई मद्दत गर्न यत्तिका दुःख गर्ने नेपाली को होलान्? म सोच्दासोच्दै निदाएछु। आमाको दूध चुस्दाचुस्दै बच्चा निदायो। निदाएको बच्चालाई कोक्रोमा हाल्दै आमाले भनिन्;नुनु गर ल सानु? म मेलामा गएर आउँछु। अनि फेरि बुबु खाउली। हछ्? म भोकले सबैथोक मधुरो-मधुरो, तिरमिर-तिरमिर देख्न थालेँ। मेरो दिमागले मिथकीय चराले जसरी राती देखेको सपनाबारे सोच्न थाल्यो- सत्य के हो? मैले इस्तानबुलको होटलबाट नेपालमा पानी परिरहेको बेला रेनकोट ओढेर बाइक कुदाउँदै गरेको सपना देखेको हो? कि मैले नेपालमा पानी परिरहँदा रेनकोट ओढेर बाइक कुदाइरहेका बेला इस्तानबुलको होटलमा सुतेको सपना देखेको हो? सत्य के हो? तर म भर्खर ब्युँझिएको थिएँ। मलाई लाग्यो- जहाँ ब्युँझिइन्छ त्यही सत्य हो।फेरि प्रार्थना गरेँ- सधैं सपनाबाट ब्युँझिन्छु म। कुनै दिन त म सपनामा ब्युँझिऊँ न। ब्युँझिएपछि हतारहतार होटलअगाडिको ढोकामा गएर ;उहाँ हरू आउने बाटो हेर्न थालेँ। कोक्रोमा बच्चा ब्युँझियो। भोकले दूध खान कोक्रोको प्वालबाट आमा आउने बाटो हेर्न थाल्यो। मलाई भेट्न दुई नेपाली आउनुभयो। ऋषिजीले मलाई अँगालो हाल्दै भन्नुभयोlनवराजजी। म तपाईंलाई चिन्दिनथेँ। कविता पनि सुनेको थिइनँ। तर क्यानडाबाट राजेन्द्रजीले जे भन्नुभयो, त्यति सुनेपछि रातभरी तपाईंका कविता सुन्यौं। यी हाम्रा आँखा राता भएका आधी चाहिँ रातभरी नसुतेर हो, आधी चाहिँ कविताले रूवाएर हो। कतिखेर उज्यालो हुन्छ र तपाईंलाई भेट्न जाऊँ जस्तो मैले नसोधी सासै फेर्न सकिनँ,राजेन्द्रजीले तपाईंलाई भन्नुभयो?ऋषिजीले लामो सास फेरेर भरिलो स्वरमा भन्नुभयो;म त निदाइसकेको थिएँ। उहाँले आत्तिएजसरी फोन गरेर भन्नुभयो- ऋषिजी, नवराजजी इस्तानबुलमा समस्यामा पर्नुभएछ। तपाईंले जसरी पनि उहाँलाई सहयोग गर्नुपर्यो ब्लबिन्। उहाँले मलाई चिन्नुहुन्न। हाम्रो कहिल्यै कुरा भएको छैन। तर म जहिल्यै उहाँसँग कुरा गर्छु। म उहाँसँग कुरा गर्छु भन्ने कुरा उहाँलाई नै थाहा छैन। मैले अलि बुझिनँ अनि राजेन्द्रजीलाई भनेँ- राजेन्द्रजी, सहयोग त गरौंला तर उहाँ को हो? राजेन्द्रजीको उत्तर ऋषिजीको मुखबाट सुन्न म पनि छटपटिरहेको थिएँ। सोचेको थिएँ, उहाँले मेरो कविताको प्रशंसा गर्नुभयो होला। वा मेरो कविता वाचन गर्ने शैलीको तारिफ गर्नुभयो होला। तर उहाँले जे भन्नुभएछ त्यो सुनेर मलाई लाग्यो, मैले यो जे-जे भोगेँ त्यो सबै यही एउटा वाक्य सुन्न पाउनलाई रहेछ। त्यो सुनेर मैले थाहा पाउनु रहेछ कि हामी जुन उमेरको भइसक्दा पनि कसैलाई भेट्न अझै बाँकी रहिरहन्छ। कसैमा पुग्न बाँकी रहिरहन्छ। कसैलाई चिन्न बाँकी रहिरहन्छ। कसैलाई चुन्न बाँकी रहिरहन्छ। कसैको हुन बाँकी रहिरहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

कर्णाली, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ ।उक्त कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन, अनुगमन,...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ,  विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ, मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९