बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

कांग्रेस बर्दगाेरियाले मनायो १९ औं राष्ट्रिय धान दिवश

  • कांग्रेस बर्दगाेरियाले मनायो १९ औं राष्ट्रिय धान दिवश
    1. अषाढ १५, बाैनियाँ,

    राजेन्द्र रावल-कांग्रेस बर्दगाेरिया गाउँ कार्यसमितिले बुधबार बर्दगाेरिया गाउपालिका ५ मस्तिबजार भुरुवामा १९ औं राष्ट्रिय धान दिवस मनायकाे छ ।

    धानमा जैविक बिबिधता काे प्रयोग ,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ मनाइएको दिवस नेपाली कांग्रेस बर्दगाेरिया गाउँ कार्यसमिति सभापति कृष्ण बिष्टको सभापतित्वमा सम्पन्न भएको हाे ।

    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य वीर बहादुर चाैधरी प्रमुख अतिथिको रुपमा सहभागी रहनु भएको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ का क्षेत्रिय उप-सभापति तेज प्रताप मल्ल , क्षेत्रिय सचिव वृजेश रावल,नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर २ का सभापति दिनेश भण्डारी लगायत नेता कार्यकर्ता हरुकाे उल्लेख्य सहभागिता रहेको थियाे ।

    कार्यक्रममाकाे सञ्चालन नेपाली कांग्रेस बर्दगाेरियाका सचिव एवम बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहिले गर्नु भएको थियाे ।

     

    कृषि प्रधान देश नेपालमा बिगत १९ बर्ष देखि हरेक बर्ष अषाढ १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइदै आइएकाे छ । याे दिनलाई दही चिउरा खाने दिनको रुपमा समेत मनाउने गरिन्छ । मानाे छरेर मुरी फलाउने समयको रुपमा परिचित बर्खा याममा हरेक बर्ष किसानहरु भने समयमा मल र बीउ नपाउदा भने मारमा पर्ने गरेका छन् ।बर्दगाेरिया गाउपालिका सिचाइ समेत अर्को बिकराल समस्याको रुपमा रहदै आएको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!