आइतवार, बैशाख २, २०८१

स्वर्गिय सहकारीको श्रद्धाञ्जली सभा फलेविसौना सम्पन्न

  • सहकारीको कर्णाली चिसापानीमा नुहाउने क्रममा निधन
  • कैलाली – कैलाली जिल्ला मोहन्याल गाउँपालिका–३ फलेविसौना निवासी समाजसेवी गंग वहादुर सहकारीको ३५ वर्षको उमेरमा असार महिनाको ४ गते कर्णाली चिसापानीमा नुहाउने क्रममा निधन भएको थियो।सहकारी नेपाली काँग्रेस मोहन्याल गाउँपालिका वडा नं ३ वडा कार्यसमितिका सचिब समेत रहनु भएको थियो। उहाँ जनकल्याण सामुदायीक वन उपभोक्ता समूहका कार्यालय सचिव समेत रहनु भएको थियो ।स्व. गंगबहादुर सहकारीको शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम फलेबिशौनामा सम्पन्न भएको हो । आज शुक्रबार नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरी कार्यक्रम सम्पन्न गरेकाे हो।आज असार १७ गतेका दिन श्रद्धाञ्जली सभा कार्यक्रममा मृतक सहकारीकै निवासमा सम्पन्न भएको हो । मोहन्याल गाउँपालिका–३ का वडा सभापती निर्प बहादुर शाहीको सभापतित्व सञ्चालन भएको कार्यक्रममा शोकसभामा दाई बलरुप सहकारीले भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य तथा पुर्व क्षेत्रिय सभापती देवानन्द जैशीले सहकारी प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमग्न परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

    शोकशभामा मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष तथा नेपाली काँग्रेस मोहन्याल गाउँपालिका सभापती कमल बहादुर साउँदले श्रद्धाञ्जली मन्तव्य दिने कार्यक्रमा शोकलाई शक्तिमा रुपान्तरण गर्दै समाजमा रहेको जातिय, वर्गीय, लैङ्गिक विभेद अन्त्यको लागि सिङ्गो पार्टी पंक्ति अगाडि बढिरहेको धारणा राख्नु भयो । नेपाली काँग्रेस जिल्ला सदस्य तथा वडा नं ३ का वडाध्यक्ष नन्दाराम गिरी(नवीन), काँग्रेस नेता लोकेन्द्रबहादुर बडुवाल लगायतले शोकमन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमिति सचिब भरत कुमार शाहीले गर्नु भएकाे थियाे।

    श्रद्धाञ्जली सभामा उपस्थित सबैले मृतक सहकारी प्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।

     

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation