आइतवार, मंसिर २४, २०८०

नागरिक उन्मुक्ति पार्टीमा थारु समुदाय मात्र नभई पहाडी समुदाय पनि पार्टी प्रवेश गर्ने क्रम बढ्दै( भिडियो सहित)

  • नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र लगाएत विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टीमा सयौं प्रवेश
  • कैलाली / नागरिक उन्मुक्ति पार्टी सुदुरपश्चिम प्रदेशले कैलालीको लम्कीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ व्यक्ति नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगाएत विभिन्न पार्टीबाट उक्त पार्टीमा प्रवेश गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष भक्त बहादुर चलाउने, नेकपा एमाले लम्कीचुहा नगरपालिका नगर उप–सभापति रामेश्वर चौधरी, नेकपा माओवादी केन्द्रका नेता पहलमान चौधरी, नेपाली काँग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका उप–सभापति प्रमोद मल्ल लगाएतका सयौँ व्यक्तिहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रञ्जीता श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सदस्य, जिल्ला सदस्य लगाएतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    लम्की स्थित जेसिस हलमा भएको उक्त कार्यक्रममा उल्लेखनिय रुपमा कार्यकर्ता एवंम् पार्टी प्रति शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

    रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।

    भिडियो सहित 

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!