आइतवार, फाल्गुन ४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राऊ 

  • घोडाघोडी नगरपालिका १ बाट मोहन्याल गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राऊ
  • कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

     

    बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

     

     

    घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए ।

     

     

    क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।स्रोत:अनलाइनखबर

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation