
बाैनियाँ,कैलाली – स्थानीय निकायकाे निर्वाचन २०७९ बाट निर्वाचित बर्दगाेरिया गाउपालिका वडा नं ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले वडा लगायत विभिन्न शाखाहरुमा सेवा लिन आउदा कुनै समस्या भएमा सिधै सम्पर्क गर्न एक मोबाइल नम्बर सार्वजनिक गर्नु भएको छ।अध्यक्ष शाहीले मगंलबार सार्वजनिक गरेको माेबाइल नम्बर ९८६८७४३०६४ मा कार्यालय समयमा जाे सुकै बर्दगाेरिया गाउँपालिका वडा नं ४ बासिले फाेन,म्यासेज र वाट्सप गर्न सक्ने शाहीले जानकारी दिनु भएको छ ।
शाहीकाे साे नम्बरमा गुनासो मात्र नभएर वडा नं ४ बिकासका लागि सल्लाह र सुझाव समेत दिन सकिने उनले बताए । शाही स्थानीय निकायकाे निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रहदै विजयी भएका हुन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेका बेला जनता माझ गरेको बाचा अनुसार आफुले सरकारी मोटरसाइकल पालिकालाई फिर्ता गरी सकेको बताए ।
वडा लाई जनताको सेवासुविधा दिन सहज होस भन्दै पालिकाले वडा अध्यक्षहरुलाई मोटरसाइकल दिने गर्दछ ।
उनले भने आफुले निर्वाचनका बेला उम्मेदवार हुँदै गर्दा जनता माझ गरेको बाचा अनुसार नै उक्त मोटरसाइकल पालिकालाई फिर्ता गरेको बताए । यस्तै आफुले निर्वाचनका बेला जनतामाझ गरेको बाचा अनुसार पालिकाबाट पाउने कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका थिए । उनले उक्त सेवा सुविधा वडाका असहाय, जेहेन्दार, गरिव निमुखा बालबालिकाको पढाइमा खर्च गर्ने बताएका छन । साथै उनले मोटरसाइकल फिर्ता गरे बाफत पालिकाले दिने सेवा सुविधा समेत उक्त कार्यमा खर्च गर्ने वैज्ञानिक मिडियालाई बताएका थिए।