बिहिबार, बैशाख १३, २०८१

नामै तोकेर हटायो सुर्खेतको चौकुने गाउँपालिकाले कर्मचारी

  • वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना कर्मचारी हटाए
  • सुर्खेत- सुर्खेतको चौकुने गाउँपालिकाले नाम तोकेर करार कर्मचारीलाई हटाएको बताएको छ ।गत असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।

     

    जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारीलाई हटाएको बताएको छ । पालिकाले करार कर्मचारीहरुको लिस्ट सार्वजनिक गरेको छ ।

    पालिका अन्तर्गत ७ वटा वडा कार्यालयका सहयोगी मात्रै छन् भने एक जना प्रेस सहयोगी, जेसिबी, टिप्पर, एक्साभेटर देखि पशु प्राविधिकहरुको रहेका छन् ।

     

    वडा कार्यालय अन्तर्गत १० जना सामाजिक परिचालक र सहायक कर्मचारीहरु रहेका छन् । गाउँपालिका उनीहरुलाई आफुले पालिकाबाट प्रयोग गर्दै आएको नगद तथा जिन्सी समाग्रीहरु समेत कार्यलयमा बुझाउन अनुरोध गरेको छ ।

     

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation