आइतवार, बैशाख २, २०८१

वादी जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • वादी जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
  • नेपालगञ्ज बाँके,हिक्मत वादी- नेपालगञ्ज कमिट नेपाल नेपालगन्ज बाँकेको आर्थिक सहयोगमा वादी जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।तिन दिन सम्म सञ्चालन भएको कार्यक्रममा आयोजक कमिट नेपालले वादी समुदायका नवनिर्वाचित जनप्रतिनिधि हरुलाई र समुदायका अगुवा कार्यकर्ता हरुलाई बिभिन्न सेक्टरका प्रशिक्षकहरु मार्फत निर्वाचन शिक्षा शिक्षक तालिम, स्थानीय तह,प्रदेश र सँगमा वादी समुदायको सहभागिता र सुनचित्ता, निर्वाचन प्रणालि, प्रत्यक्ष निर्वाचित प्रणालि,र समानुपातिक निर्वाचन,जस्ता जनप्रतिनिधि हरुलाई क्षमता बिकास गर्ने तालिमहरु दिईएको थियो।कार्यक्रममा कैलाली, बर्दिया, बाँके, दाङ, सल्यान, रुकुम, जाजरकोट, र दैलेख जिल्लाका

    वादी समुदायका जनप्रतिनिधि र समुदायका अगुवा कार्यकर्ता सहित तिस जनाको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरुलाई तालिममा प्रमाणपत्र सहित कमिट नेपाल नेपालगन्ज बाँकेका अध्यक्ष प्रकास नेपाली वादी र कमिट नेपाल का कार्यकारी निर्देशक केसब नेपाली वादी लगायत कमिट नेपालको टिमले बिधाई गरेको थियो।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation