बीपीको सम्झनामा साहाराघरमा वृक्षारोपण र फलफूल वितरण-बर्दगोरिया कांग्रेस

४० औँ बिपी स्मृति दिवसमा वृक्षारोपण र फलफूल वितरण

बौनियाँ,कैलाली – ४० औँ बिपी स्मृति दिवसमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितिको आयोजनामा वडा नं. २ को साहारा घरमा नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिका सभापति कृष्ण बिष्टको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिती माहा समिति सदस्य बिरबहादुर चौधरी रहनु भएको थियो ।कार्यक्रममा अथितीमा जिल्ला सदस्य बलबहादुर कठरिया,क्षेत्रीय सचिव बृजेश रावल,प्रदेश (ख) का उप-सभापति प्रेम भक्त जोशी,नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमिति कोपध्यक्ष कृष्ण खतीवडा ,सदस्य महेन्द्र शाह निरज चौधरी, गुलवदन थारु,धिरज शाही, बालचन्द कठरिया,पूर्व जिल्ला सहलाकार उपेन्द वम,तरुण दल क्षेत्रीय सभापती दिनेस भन्डारी,नेपाली कांग्रेस वडा नं ६ का सचिव शेर बहादुर बुढा,नेपाली काँग्रेसका बाट २०७४ साल स्थानिय निर्वाचनमा उपाध्यक्ष पदकी उमेद्वार ललित भट्ट ,२०७९ सालका अध्यक्ष पदका उमेद्वारा शेर बहादुर कठरिया लगाएतका अथितीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितिका सचिव तथा वडा नं ४ का वडा अध्यक्ष जगत वहादुर शाहीले गर्नु भएको थियो।विपिकाे सम्झनामा गरिएकाे बृक्षाराेपण कार्यक्रममा नेता तथा कार्यकर्ताकाे बाख्लाे उपस्थिति रहेकाे थियाे । सो कार्यक्रममा फलफूल वितरण समेत गरिएको हो ।

बिपी कोइरालाको जन्म वि सं १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामबाट परिचित छन् । क्यान्सर रोगबाट थला परेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल परेका थिए ।कोइरालाको नेतृत्वमा जहानियाँ राणा शासन हटाउन २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो ।

बीपी कोइरालाले २००७ सालमा १०४ वर्षे राणाशासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गरेका थिए । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्र्तराष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत परिचित छन् ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गरेका कोइराला २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए । तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त गरी कोइारालालाई जेल राखेका थिए । उनि २०२५ सालसम्म आठ वर्ष निरन्तर जेलमै रहे । त्यसपछि भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।उच्च राजनीतिक छवि हुँदाहुँदै पनि उनले नेपाली साहित्यमा पुयाएको योगदानलाई अतुलनीय मानिन्छ । कोइरालाको सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाई, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९