आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीको गौरिगंगामा नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नेको भीड 

  • नागरिक उन्मुक्ति पार्टीलाई राष्ट्रिय पार्टी बनाउन बाट कसैले रोक्न सक्दैन
  • बौनिया,कैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज बुधबार कैलालीको गौरिगंगा नगरपालिकाको मसुरिया बजारमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रम सयौंले पार्टी प्रवेश गरेका हुन् ।पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी,एमाले,कांग्रेस लगायत विभिन्न पार्टीबाट परित्याग गरि १०७ नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नुभएको छ। प्रबेश कार्यक्रमका प्रमुख अतिथिमा दामोदर शर्मा पण्डित रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संगठन प्रमुख अरुण चौधरी,केन्द्रीय सदस्य लक्ष्मण चौधरी रहनु भएको थियो ।कार्यक्रममा बाेल्दै पार्टीका अध्यक्ष श्रेष्ठ रञ्जिताले स्थानीय निकायकाे निर्वाचनमा पार्टी कैलाली जिल्लाकाे सबैभन्दा ठुलो पार्टी भएकाे कुरा स्मरण गराउदै लगत्तै आउन लागेको संघिय र प्रदेश सभाको निर्वाचनमा सबैले ध्यान दियर लाग्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे । साेहि अवसरमा अगाडि बाेल्दै उहाले अब पार्टीलाई राष्ट्रिय स्तरकाे पार्टी बन्नमा कसैले राेक्न नसक्ने कुरा औल्याउनु भएको थियाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रवत्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टीलाई विभिन्न पार्टिलाई समाजमा प्रचार गरियजस्ताे जातिय पार्टी नभएको कुरा बताउनु भएको थियाे । पण्डितका अनुसार नागरिक उन्मुक्ति पार्टी सर्बहारा र पिछडिएका बर्गकाे उन्मुक्तिका लागि स्थापना भएको पार्टी भएको कुरा उल्लेख गर्दा यश पार्टिमा सम्पूर्ण जाति समुदायका व्यत्तित्वहरुका लागि समान अवसर रहेको कुरा उल्लेख गर्नु भएको थियाे ।मसुरियामा भएको कार्यक्रममा बाेल्दै पार्टीका शुदुरपश्चिम प्रदेश संगठन बिभाग प्रमुख अरुण चाैधरीले अबकाे संघ र प्रदेशकाे निर्वाचन पश्चात् आफ्नो पार्टी बैकल्पिक शक्तिकाे रुपमा स्थापना हुने कुरा बताउदै अबको समयमा नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरा बताउनु भएको थियाे । कार्यक्रममा अगाडि बाेल्दै अरुण चाैधरीले संघ र प्रदेश सरकारकाे आफुहरुकाे सहभागिता बिना सम्भव नरहेको बताउनु भएको थियाे । कार्यक्रममा पार्टी विभिन्न नेता कार्यकर्ताहरुको उल्खिनिय सहभागिता रहेको थियो। रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation