Baigyanik Media

Advertisment

SKIP THIS

किन चाहिँन्छ साथी ?

  • आज मित्रता दिवस : किन चाहिँन्छ साथी ?
  • आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्टमहिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो बिश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंग संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ ।

     

    पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीबनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।

     

    साथीको महत्व

     

    पारिवारिक सम्बन्ध बाहेक पनि हामीलाई हरपल साथ दिदैँ हाम्रो हात समाएर र साथ निभाएर हरेक पाइला चाल्न उचित सहयोग र मार्गदर्शन गर्ने साथी हुन्छ । हरेक परिस्थितिमा हामीलाई साथ दिने व्यक्तिहरुलाई हामी साथी भनेर सम्बोधन गर्ने गछौँ । साथीको उपस्थितिले हाम्रो मनमा उमंग र हर्ष भर्ने मात्र नभएर हामी भित्र उर्जा भरिदिन्छ । साथीबिनाको हाम्रो जीवन कल्पना गर्न योग्य नै हुँदैन । जीवनकालमा केहि परिस्थिति, केहि कारणले हामीसँग जोडिन पुग्ने हाम्रा साथीहरु कोहि हाम्रो बोली, कोहि व्यवहार, कोही मिल्दो सोच या कोहि यतिकै प्रवाभित भएका हुन्छन् । हामी भित्र गुम्सिएर बसेका कुरा सुनि दिने र सुझाव दिएर हाम्रो समस्या समाधान गर्न मद्दत गर्ने पनि साथी हुन्छन् । मनको साइनोले हामीसँग जोडिएका व्यक्ति हुन् साथी । साथीको बयानमा शब्द कम पर्छन । तर पनि हरेकको जीवनमा साथीको महत्वलाई यसरी समिक्षा गर्न सकिन्छ ।

     

    १) मानसिक र शारीरीक रुपले मजबुद रहन

    असल साथीसँग विताइएको केहि समयले पनि हामीमा बेग्लै फुर्ति भर्नुका साथै हामीलाई स्वास्थ्य रहन पनि मद्दत पु¥याउँछ । साथीहरु सँगै हुनाले रोग चाडो निको हुने एक अध्ययनले देखाएको छ । साथीभाई नजिक हुँदा तनावबाट छुट्कारा पाउन सकिन्छ । साथै असल निर्णय गर्न पनि एक असल साथीको साथले मद्दत पुग्छ ।

     

    २) एकान्त कम गर्न

    एकान्तमा हामी चाहिने भन्दा निकै सोचेर आफैलाई हानी पु¥याइराखेका हुन्छौँ । यस्तो समयमा हामीलाई बुझ्ने र सो अनुरुप सुझाव दिने व्यक्तिहरु आवश्यक पर्छन । केहि आफ्ना समस्याहरु प्रिवार भन्दा पनि साथीभाईलाई बताउन सहज हुन्छ । त्यस्तो समयमा साथीको कमिले हामीलाई झन पिरोल्छ । त्यसैले साथीले एकान्त हटाउन पनि मद्दत गर्छन ।

     

    ३) जीवनलाई रमाइलो बनाउन

    साथीले हाम्रो जीवनमा खुसीको अनेकौँ रङ्ग भरिदिन्छन् । साथीको उपस्थितिले परिवारको कमि महशुश हुन दिँदैन त्यसैले परिवारबाट टाढा बस्ने व्यक्तिहरु प्राय साथीको निटक बस्न रुचाउँछन् । साथीले माया, साथ, केयर गर्ने साथै निर्णय लिन मद्दत गरेर अघि बढ्न मद्दत गर्ने हुनाले सधै आफू वरपर असल साथीहरुलाई राख्नुपर्छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation