माओवादीको भ्रातृ संगठन वाईसीएललले आगामी भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्ने भएको छ । संयोजक सुमन देवकोटाले भेला गर्नका लागि आवश्यक तयारी गरिरहेको रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार भेलामा समसायिक र राजनीतिक प्रतिवेदन पेश गरिनुका साथै सांगठनिक विषयमा छलफल हुनेछ । यस्तै संगठनको विधान संशोधन गर्न आवश्यक देखिएकाले भेलाले यसबारे पनि आवश्यक छलफल गरेर निर्णय लिने बताए । देवकोटाले भेलामा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने पनि जानकारी दिए ।
भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । यसअघि गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेपछि देवकोटाको संयोजकमा चयन भएका थिए ।