बिहिबार, मंसिर २२, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

जाेशीपुरमा धुमधामका साथ मनाइयाे गुरही(पचैंयाँ) पर्व

  • हरेक जातजातिका कला संस्कृति संरक्षणमा सदैव कटिबद्ध भएर लाग्ने गा.पा अध्यक्ष चौधरीको भनाई
  • साउन १७,कैलाली ( भाषा कला संस्कृति हमार पहिचान ,यिहीन बचैना हमार अभियान ) भन्ने मुल नाराका साथ मंगलबार कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिकामा गुरही(पचैंयाँ) प्रवर्द्धन कर्यक्रम सम्पन्न भएको छ ।जाेशीपुर गाउँपालिकाकाे सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयाेजक जिवनलाल डगाैराकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टी कि केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी रहनु भएको थियाे। कार्यक्रममा जाेशीपुर गाउपालिका अध्यक्ष चित्र बहादुर चाैधरी उपाध्यक्ष रेखा देबि कठरिया र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डित विशिष्ट अतिथिकाे रुपमा रहनु भएको थियाे ।साे अवसरमा अगाडि बाेल्दै गाउपालिका अध्यक्ष चित्र बहादुर चाैधरीले आफु हरेक जातजातिका कला संस्कृति संरक्षणमा सदैव कटिबद्ध भएर लाग्ने कुरामा जाेड दिनु भएको थियाे । सोही अवसरमा बाेल्दै गाउपालिका उपाध्यक्ष रेखा देकि कठरियाले छाेटो समयकाे तयारीमा आफुहरुले याे कार्यक्रम गर्दा केही अव्यवस्थित देखियता पनि आगामी बर्ष बाट कार्यक्रमले भव्यत्ता पाउने कुराकाे उद्घाेष गर्नु भएको छ ।कार्यक्रममा विशिष्ट अतिथिको आसनबाटै बाेल्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डितले मानव जातिले आफ्नो पहिचान र संस्कृतिको सधैं संरक्षण गर्नस पर्ने कुरामा जाेड दिदै नागरिक उन्मुक्ति पार्टी मसल मुद्दानै पहिचान सहितको राजनीति भएको कुरा बताउनु भएको थियाे ।साउन शुक्लपक्षकाे पाचौं दिन पञ्चमिमा याे पर्व परापुर्वकाल देखि मनाउँदै आयको थारु संस्कृतिका जानकार रुदन लाल कुश्मिले बताउनु भयाे । साे अवसरमा नेकपा एमाले जाेशिपुर गाउँ कमिटी सचिव यमराज जाेशि ,जाेशिपुर गाउपालिका वडा नम्बर ७ का भलमन्सा प्रतिनिधि चन्द्रिका चौधरी,जाेशिपुर गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् गाउपालिका प्रवत्ता रामजनम चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियाे । शुभकामना मन्तव्यका क्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्ताेष कठरियाले आगामि दिनमा थारु समुदायले मनाउने चाड पर्वहरु जस्तै माघि,हाेलि,गुरहि लगायतका बिषयलाई राष्ट्रिय पर्वका रुपमा मनाउन र ती पर्वहरुका बारेमा जानकारी दिन पाठ्यक्रममा समावेश गर्नका लागि सबैले पहल गर्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे।गुरहि पर्वकाे अवसरमा मंगलबार कैलाली जिल्लाका थारु बाहुल्य रहेका पालिकाहरु भजनी नगरपालिका ,जाेशिपुर र कैलारी गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् ।सार्वजनिक सेवा तथा क्षमता बिकास समितिका सदस्य सुदराम दहितकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे सञ्चालन समितिका सचिव अभिमन्यु चौधरीले गरेका थिए।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!