राजेन्द्र रावल साउन १८ , बौनिया,ईलाका प्रहरी कार्यालय बौनियाँको गस्ती टोलीले बर्दगोरिया गाउँपालिका वडा नम्वर ४ बाट २६ थान कपडा र से ५ प ६१९९ नम्वरको दुई नम्बरी हिरो सुपर स्प्लेन्डर मोटरसाइकल प्रहरीले समातेको छ।
गस्ती टोलीले बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ कोटातुल्सीपरबाट उक्त परिमाणको समान बरामत गरेकाे ईलाका प्रहरी कार्यालय बौनियाँका प्रमूख महेश विक्रम शाहीले जानकारी दिनु भएको छ । उक्त समान भजनी नगरपालिका वडा नम्वर ३ बस्ने हरी जोशी लगाएत अन्य दुई जनाले लियर आइरहेका थिए । सामान लियर आउने जोशी लगाएत बाँकि दुई जना भने फरार रहेका छन।
पछिल्लो समय इलाका प्रहरी कार्यालय बौनियाँले आफ्नो कार्यक्षेत्र भित्र अनुगमन र गस्तीलाई कडाई गर्दै आइरहेको छ।