प्रतिनिधि र प्रदेश सभा निर्वाचनकाे मिति मंसिर ४ गते गर्ने सरकारको निर्णय

  • निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय
  • काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति तोकेको छ ।

     

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोकेको हो । यसअघि हिजो (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारामा बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनको मिति घोषणा गर्नेबारे सहमति जुटेको थियो ।

     

    निर्वाचन आयोगले गत असार २२ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’ मा गर्नेगरी सरकारसमक्ष आगामी मंसिर २ गतेका लागि मिति प्रस्ताव गरेको थियो ।

     

    आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

     

    यसअघि आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै आयोगका तर्फबाट प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको थियो ।

     

    सरकारले यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको छ ।

     

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation