शनिबार, असार ३०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जन्मदिनको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग

  • मृगौला पिडितलाई आर्थिक सहयोग
  • साउन १९, बिहीवार बाैनियाँ,कैलाली – मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर कैलालीको बर्दगाेरिया गाउपालिकाका दुई युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।बिहीबार साउन १९ गते जन्मदिन परेका कैलाली जिल्ला बर्दगाेरिया गाउपालिका बडा नं ५ बेलुवा कि अपेक्षा राेकाया र गाउपालिकाकै वडा नम्बर २ बस्ने थिरेन्द्र गड्सिलाले आफ्नो जन्मदिनको अवसर पारेर मृगौला पिडित बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ खैरेनी बस्ने लक्ष्मि बिश्वकर्मालाई नगद चार हजार हस्तान्तरण गरेका छन् ।जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको राेकायाले बताइन। कुनै पुर्वयाेजना बिना कार्यक्रम गर्दा सहयोग सानो देखियता पनि आगामी दिनमा समाजसेवाकाे कार्यले निरन्तरता पाउने गड्सिलाले बताए ।सहयोग रकम ग्रहण गर्दै मृगौला पिडित बिश्वकर्माले यो रकमले आफूलाई ठूलाे राहात हुने बताइन् । बिश्वकर्माकाे दुबै मृगौलामा खराबी रहेकाले उहाको सल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।

    भिडियो सहित…………………..

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation