
साउन १९,मुडा – बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगत बहादुर शाहीले आफ्नो सक्रियता लाई निरन्तर अगाडि बडाउनु भएको छ ।जनप्रतिनिधिकाे रुपमा आउनु भन्दा अगाडि देखि नै सामाजिक कार्यमा सक्रिय रहेका वडाध्यक्ष शाहीले निर्वाचित भए पश्चात साे कार्यमा थप तिब्रता दिनु भएको हो ।जनप्रतिनिधिका रुपमा प्राप्त गर्ने सेवा सुविधा नलिने भनेर चर्चामा रहेका शाहीले त्यस पश्चात गर्दै आएका थप कार्यबाट अझ बढि चर्चित हुदै आएका छन्। बिहिबार शाहीकै अगुवाइमा वडा नम्बर ४ भित्र पर्ने हाईवे क्षेत्रमा रहेका दुई ओटा सामुदायिक वन हरु सगरमाथा र तुल्सिपुरकाे किनारामा जथाभावी फालिएको फोहरहरुलाई गाउँपालिका फाेहर बिस्थापित गर्दै आएको क्षेत्र तर्फ पठाएको छ।
जंगल छेउ छाउ फालिएको फोहोर संकलनमा स्थानीय नव युवा क्लब चमेलिपुरका पदाधिकारी र सदस्य संगै स्थानीय आम सर्वसाधारणहरुले समेत साथ दिएका थिए।
वडा कार्यालयले यस अघि बुधबार एक सुचना प्रसारण गर्दै उत्त क्षेत्रमा जथाभावी फोहोर नफाल्न अनुरोध समेत गरेको थियाे । वडाध्यक्ष शाहीका अनुसार यस पश्चात साे क्षेत्रमा फोहोर फालिएको पाइममा आफुहरु कार्वाही गर्न बाध्य हुने समेत उनले हामी संगको कुराकानीमा बताए।