मङ्लबार, भदौ २५, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा आकाशे घैटाफोड/करीब ३० हजार दर्शकले अवलोक गर्ने/पुरस्कार ४१ हजार

  • करीब ३० हजार दर्शकले अवलोक गर्ने/पुरस्कार ४१ हजार  
  • पदम राज ओझा ,बौनिया – कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ । युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम सडकपुर बौनिया युवा क्लबको आयोजनामा यहि भाद्र ४ गते बौनियामा हुने शुक्रबार क्लबको बैठक बसि जानकारी गराईएको हो । साथै बैठक बाट पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी पनि प्रदान गरिएको छ । मंच ब्यबस्थापकको जिम्मेवारी अध्यक्ष जीवन बि सि संयोजक रहने गरि तीन सदस्यीय रहेको छ । यसै गरि आकाशे घैटाफोडका लागि वरिष्ठ उपाध्यक्ष धिरज शाही संयोजक सहित तीन सदस्यीय रहेको छ । यसै गरि सुरक्षा व्यबस्थापन तथा स्वयंसेवक परिचालनमा उपाध्यक्ष निर्प साउँद,भुई घैटाफोडको संयोजकमा सदस्य ठक्कर बम,पाईप चढ्ने संयोजकमा सचीव दिपक पाल, महिला हरुको कुर्सी दौडको संयोजकमा दुर्गा ताम्राकार र सास्कृतिक संयोजकमा हितेश ताम्राकार लाई जिम्मेवारी प्रदान गरिएको छ ।

    लामो समय देखि बौनियाँ बजारको शानका रुपमा रहेको आकाशे घैटाफोड विगत केहि वर्ष देखि सडकपुर बौनिया युवा क्लबले आयोजना गर्दै आएको छ । आकाशे घैटाफोड कार्यक्रम अवलोकनका लागी कैलाली जिल्लाका करीब ३० हजार भन्दा बढि दर्शकले अवलोकन गर्ने अध्यक्ष जीवन वि सीले जानकारी दिए । बौनियामा घैटोफोड कार्यक्रम गर्दा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने महासचिव कृष्ण प्रसाद ओझाले जानाकरी दिए ।विगतका वर्षहरुमा जस्तै एक दिन श्री कृष्ण जन्माअष्टीको भोली पल्ट कार्यक्रम संचालन हुने क्लबका वरिष्ठ उपाध्यक्ष धिरज शाहीले बताए । विगतका वर्ष भन्दा केहि फरक तरीकाले घैटाफोड गर्ने योजना रहेको वरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । यस वर्ष सुदुर पश्चिमका चर्चित देउडा खेलाउडीहरुको सहभागितामा देउडा खेलको पनि आयोजना गरीने अध्यक्ष वि सीले जानकारी दिए ।कार्यक्रममा आकाशे घैटोफोडने टीमलाई नगद ४१ ह्जार रुपैया प्रदान गरीने महासचिव ओझाले जानकारी दिए । यसै गरी भुई घैटाफोडनेलाई ५ हजार १ सय,पाईप चढाईमा ५ हजार १ सय,महिलाहरुको कुर्सी दौडमा विजेता हुनेलाई ३ हजार एक सय प्रदान गरीने महासचिव ओझाले जानकारी दिए । यस बर्ष केही फरक तरिकाले जाने उद्देश्यका साथ क्लबले भाग्यशाली चिट्ठाको समेत प्रतियोगिता राखेको छ ।चिट्ठाको पुरस्कारमा १ जनालाई साईकल, १ जनालाई राईस कुकर, १ जनालाई सानो श्यामसुङ्गको मोबाईल ,२ जनालाई स्मार्ट घडी , ४ जनालाई भित्ते घडी प्रदान गरिने क्लबका उपाध्यक्ष निर्प साउँदले जानकारी दिए । भाग्यशाली चिट्ठाको शुल्क २ सय ५ रुपैया मात्र तोकिएको छ । भाग्यशाली चिट्ठाको पुरस्कार घैटाफोड कार्यक्रमको उद्घाटन समारोहमा बितरण गरिने छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation