
बाैनियाँ, कैलाली “सफा सहर स्वच्छ गाउँ,सबै मिलि फोहोर हटाउ” भन्ने मुलमन्त्रका साथ शनिबार जुनकीरी नेपालले बर्दगोरिया धार्मिक क्षेत्र मन्दिर परिसरमा सरसफाइ गरेको छ । “हप्तामा एक घण्टा समाजका लागि” अभियान अन्तर्गत मन्दिर क्षेत्रमा सरसफाई गरिएको जुनकीरी नेपालका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिनु भएको छ ।साे कार्यक्रममा जुनकीरी नेपालकाे भागिनि संस्था सानि जुनकिरीको पनि उपस्थिती रहेको थियो । जुनकीरी नेपाल आफ्नो स्थापना काल देखि सरसफाईका क्षेत्रहरुमा कार्य गर्दै आएको छ । उसले केही समय अगाडि मात्र किसाेहरुका लागि आत्मरक्षा तालिमको सफल आयाेजना समेत सम्पन्न गरिसकेको छ ।
हप्तामा एक घण्टा समाजका लागि अभियान अन्तरगत आउदो शनिवार बर्दगाेरिया गाउपालिकाकाे कुनै अर्को ठाउमा सरसफाई कार्यक्रमकाे आयाेजना गरिने अध्यक्ष भण्डारीले जानकारी दिनु भएको छ ।