निशुल्क आँखा शिविर सम्पन्न

  • बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ मा निशुल्क आँखा शिविर सम्पन्न
  • बाैनियाँ, कैलाली-दरबार आँखा अस्पताल पहलमानपुरकाे सहकार्य र बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा शनिबार एक दिने निशुल्क आँखा सम्पन्न भएको छ ।

    शनिबार बिहान ८ बजेबाट वडा कार्यलयकाे प्राङ्गण मुडा बजारमा उत्त निशुल्क शिविर सञ्चालन भएको हाे । वडा बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले दिएकाे जानकारी अनुसार उत्त शिविरबाट ४३५ जनाले सेवा लिएका छन् ।दरबार आँखा अस्पतालका सञ्चालक प्रवेश चाैधरिका अनुसार अस्पतालले यस अघि कैलाली जिल्लाकाे कैलारि गाउपालिका,घाेडाघाेडि र गाैरिगङ्गा नगरपालिकामा निशुल्क सेवा प्रदान गरिसकेकाे बताउदै यश पश्चात् माेहन्याल गाउपालिकामा समेत सेवा प्रदान गरिने जानकारी दिनु भएको छ ।
    अस्पताल ले बिरामीको नाम दर्ता बाफत लिने जनही २५ रुपैयाँका दरले शनिबार सेवा लियका ४३५ जनाको रुपैया वडा अध्यक्ष शाहि आफैंले तिर्नु भएको छ। शाहीले साे रकम आफ्नो पहिलो महिनाको सेवा बाट प्रदान गरेका हुन् । स्थानीय निकायको निर्वाचन २०७९ मा निर्वाचित भएर आयपश्चात सरकारि सेवा सुबिधा नलियर वडा अध्यक्ष शाहि चर्चामा रहदै आयका छन् ।
    शाही बिगत देखिनै विभिन्न सामाजिक संगै सार्वजनिक कार्यहरुमा सक्रिय रहदै आएका छन् । शाहीले यश अघिनै गाउपालिकाबाट प्राप्त हुनै कुनै पनि सेवा सुबिधा आफ्नो ब्यत्तिगत कार्यमा खर्च नगरी विभिन्न किसिमका सामाजिक गतिविधिमा खर्च गर्ने घाेषणा गरेका थिए ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation