लम्की,कैलाली- क्रिकेट खेलाडी स्वर्गीय विरेन्द्र शाहीकाे स्मृतिमा प्रकाशित गीति एल्बम मेरो दाई सार्वजनिकरण कार्यक्रम शनिबार लम्किमा सम्पन्न भएको छ ।२०५१ साल साउन १८ गते लम्किचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा बुबा माेति बहादुर शाही र आमा लक्ष्मि देवि शाहीको काेखबाट जन्म भएका विरेन्द्र शाहीकाे २०७७ साल फागुन १८ गते बाँके जिल्लाकाे काेहलपुरमा माेटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । मृतक शाही शुदुर र मध्यपश्चिम क्षेत्रमा आयाेजना हुने विभिन्न क्रिकेट प्रतियोगितामा परिचित नाम रहेको थियो । मृतक शाहीका भाइ शाहिल शाहिकाे रचना र स्वर रहेको गितमा संगित संयाेजनकाे कार्य रविन स्वार काजिले गर्नु भएको छ । उत्त गित मेरो दाईमा दाजुप्रतिकाे सद्भाव र दाइ र भाइबिचकाे माया प्रेमलाइ देखाउने प्रयास गरिएको छ ।लम्किचुहा नगरपालिकाका उपप्रमुख जुना चाैधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले विशिष्ट अतिथिकाे रुपमा सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बाेल्दै जानकी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तिर्थराज उपाध्यायले मृत्युपरेन्त व्यक्तिले गरेको याेगदान र कार्यकाे सधैं चर्चा हुने कुरामा जाेड दिदै युवाहरुले सधैं असल र इमान्दार हुन आवश्यक रहेको कुरामा जाेड दिनु भएको थियो । साथै साे अवसरमा अगाडि बाेल्दै वडा अध्यक्ष उपाध्यायले समय सबैभन्दा मुल्यवान कुरा रहेको कुरा अवगत गराउदै युवाहरुले समयकाे सधैं ध्यान दिनुपर्ने कुरा बताउनु भएको थियो ।गीति एल्बम सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै लम्किचुहा नगरपालिकाका उपप्रमुख जुना चाैधरीले बिरेन्द्र शाही लम्किचुहा क्षेत्रकाे एक उर्जावान युवा भएको कुरा बताउदै मृतक शाहीकाे सम्झनमा निर्मित गीति एल्बम बिमाेचन गर्दा अप्ठ्यारो महसुस भएको कुरा बताउनु भयो । साेहि अवसरमा अगाडि बाेल्दै उपप्रमुख चाैधरीले पछिल्लो समयमा खेलकुद क्षेत्र राष्ट्रकाे पहिचान गर्ने एक महत्वपुर्ण कडिकाे रुपमा स्थापित हुदै गैरहेकाेले युवाहरुले त्यसतर्फ लगनशील भएर लाग्न आग्रह समेत गर्नुभयो । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले लम्किचुहा नगरपालिका पालिका भित्र सञ्चालन हुने हरेक खेल गतिविधिमा सहयोग गर्न तयार रहेको कुरा समेत बताउनु भएको थियो ।पत्रकार सागर परियारले सञ्चालन गरेको कार्यक्रम मृतक क्रिकेट खेलाडिका दाजु रमेश शाहीकाे अध्यक्षतामा भएको थियो । उत्त गीति एल्बम सार्वजनिकिकरण कार्यक्रममा युवाहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।
भिडियो सहित हेर्न सकिन्छ।