Baigyanik Media

Advertisment

SKIP THIS

घोडाघोडीमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेको लर्को ३५० भन्दा बढी प्रबेश 

  • कैलालीको घोडाघोडीमा नागरिक उन्मुक्ति पार्टीमा ३५० भन्दा बढी प्रबेश
  • कैलाली – नागरिक उन्मुक्ति पार्टी कैलालीमा प्रवेशको क्रम चलिरहेको छ । यसै क्रममा आज आईतबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं ११ सिसैया,पहलवानपुरमा नागरिक उन्मुक्ति पार्टीको आयोजनामा भएको कार्यक्रममा हजारौँको संख्यामा उपस्थिति रहेको थियो ।पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा घोडाघोडी नगरपालिका नगर अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी,एमाले,कांग्रेस राप्रपा लगायत विभिन्न पार्टीबाट परित्याग गरि ३५० नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नुभएको छ। पार्टी प्रबेश कार्यक्रमका प्रमुख अतिथिमा दामोदर शर्मा पण्डित रहनु भएको थियो ।कार्यक्रममा बाेल्दै पार्टीका अध्यक्ष श्रेष्ठ रञ्जिताले स्थानीय निकायकाे निर्वाचनमा नागरिक उन्मुक्ती पार्टी कैलाली जिल्लाकाे सबैभन्दा ठुलो पार्टी भएकाे कुरा स्मरण गराउदै लगत्तै आउन लागेको संघिय र प्रदेश सभाको निर्वाचनमा सबैले ध्यान दिएर लाग्नुपर्ने कुरामा जाेड दिनु भएको थियाे । साेहि अवसरमा अगाडि बाेल्दै उहाले अब पार्टीलाई राष्ट्रिय स्तरकाे पार्टी बन्नमा कसैले राेक्न नसक्ने कुरा औल्याउनु भएको थियाे । कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय प्रवत्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टीलाई विभिन्न पार्टिलाई समाजमा प्रचार गरियजस्ताे जातिय पार्टी नभएको कुरा बताउनु भएको थियाे । पण्डितका अनुसार नागरिक उन्मुक्ति पार्टी सर्बहारा र पिछडिएका बर्गकाे उन्मुक्तिका लागि स्थापना भएको पार्टी भएको कुरा उल्लेख गर्दा यश पार्टिमा सम्पूर्ण जाति समुदायका व्यत्तित्वहरुका लागि समान अवसर रहेको कुरा उल्लेख गर्नु भएको थियाे ।संस्थापक केन्द्रीय सदस्य गंगा चौधरी,केन्द्रीय सदस्य ललित तम्राकार,केन्द्रीय सदस्य सन्तोष कठरिया र खुशीराम थारु लगायत पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उल्खिनिय सहभागिता रहेको थियो। रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation