बाैनियाँ, कैलाली -वान हाेप पाेलिप्याथिक हस्पिटल प्रा.लि धनगढीकाे सहकार्य र बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा बिहीबार एक दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ ।
बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले दिएकाे जानकारी अनुसार स्वास्थ्य शिबिरमा होमियाेपैथी विशेषज्ञ डाक्टर अमित कुमार साहनीले बिरामी चेकजाँच तथा परमर्श सेवा प्रदान गर्नु हुनेछ । स्वास्थ्य शिबिरमा मृगौला,पिसावनलि,पिसाव थैलिकाे पत्थरि,पाइल्स तथा मलद्धार चिलाउने,दुख्ने र पाेल्ने,महिला सम्बन्धि राेग,ग्याष्टिक,कब्जियत, थाइराईड, माईग्रेन,युरिक एसिड तथा बाथ राेग,ढाड र घुडा दुख्ने नशा च्यापियकाे साइटिक, बालबालिका हरुमा देखा पर्ने राेग ,छाला ,याैन,दम,सुगर लगायतका राेगहरुकाे परिक्षण परामर्श र सल्लाह प्रदान गरिनेछ ।स्वास्थ्य शिविरमा औषधी बाहेकका सम्पूर्ण सुबिधाहरु निशुल्क प्रदान गरिने वडा अध्यक्ष शाहीले जानकारी दिनु भएको छ । साथै औषधीमा समेत साे दिन १० प्रतिशत छुट प्रदान गरिने आयाेजकले जानकारी दिएको छ ।स्वास्थ्य शिबिर बिहीबार बिहान ९ बजे देखि ५ बजेसम्म वडा नम्बर ४ काे वडा कार्यलय मुडा बजारमा सञ्चालन हुनेछ ।