बुधबार, चैत्र ६, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

टिकापुर घटनाको स्मरण गर्दै भदौ ७ र ८ गते कार्यक्रम हुने

  • टिकापुर घटनाको स्मरण गर्दै भदौ ७ र ८ गतेमा कार्यक्रम गर्ने
  • बौनियाँ,कैलाली – २०७२ सालमा जिल्लाकाे टिकापुरमा घटेको घटनाको स्मरण गर्दै नागरिक उन्मुक्ति पार्टीले जिल्लाकाे दुई ठाउँमा कार्यक्रम गर्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् शुदुरपश्चिम प्रदेश संयाेजक अरुण चाैधरीले दिनु भएको जानकारी अनुसार पार्टीले जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ काे टीकापुर र निर्वाचन क्षेत्र नम्बर २ काे लम्किमा भदौ ७ र ८ गते बिबिध सांस्कृतिक गतिविधि सहितको कार्यक्रम आयाेजना गर्ने भएको हाे ।

    पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनमा पाएकाे सफलतालाई मध्ये नजर गर्दै साेहि सफलतालाई संघिय र प्रदेश सभाको निर्वाचनमा कायम राख्ने उद्धेश्यका साथ संगठन बिस्तार लगायतका कार्य हरुलाइ तिब्रताका साथ अगाडि बढाइ रहेको छ । केन्द्रीय सदस्य चाैधरीले बताए अनुसार याे कार्यक्रमले २०७२ सालको टीकापुर घटना पछि बिग्रियकाे सद्भाव र सहिष्णुता लाई स्थापित गर्नमा सफल हुनेछ ।
    स्थानीय तहको निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टी कैलालीमा कायम रहेका १३ स्थानीय तह मध्ये ४ स्थानीय तह जित्दै जिल्लाकाे ठुलो पार्टी बन्न सफल भएको थियोे । पार्टी स्रोतका अनुसार अबको पार्टीको मुल लक्ष्य र ध्येय भनेको पार्टिलाइ राष्ट्रिय पार्टीका रुपमा स्थापित गराउदै नेपाली राजनीतिको मुल धारमा प्रावह गराउनु रहेको छ ।

    टीकापुर घटनाका मुख्य दोषिका रुपमा चित्रण गरिएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम लाल चाैधरी अहिले पनि जेल जीवन व्यतित गरिरहेका छन् ।

    भदौ ७ र ८ गते आयाेजना गरिने कार्यक्रमकाे सयोजककाे जिम्मा पार्टीले ललित ताम्राकारलाई दिएकाे छ ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation