Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीको बौनियाँबाट नागरिक उन्मुक्ति पार्टीमा ५ सय ७१ जना प्रवेश

  • नागरिक उन्मुक्ति पार्टीमा ५ सय ७१ जना प्रवेश
  • बौनियाँ,कैलाली – नागरिक उन्मुक्ति पार्टीको कैलाली क्षेत्र नम्बर २( ख) काे आयाेजनामा बुधबार बाैनियाँमा बृहत पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कैलाली क्षेत्र नम्बर २ (ख) का संयाेजक निमुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरी रहनु भएको थियो । साे अवसरमा बाेल्दै प्रमुख अतिथि रञ्जिता श्रेष्ठ चाैधरीले अबको आवश्यकता भनेको नागरिक उन्मुक्ति रहेको बताउदै अब आउने संघिय र प्रदेश सभाको निर्वाचमा नागरिक उन्मुक्ति पार्टीको बिकल्प नरहेको कुरामा जाेड दिनु भएको थियाे । साेहि अवसरमा अगाडि बाेल्दै रञ्जिता श्रेष्ठ चाैधरीले अबको मंसिर ४ गते हुने निर्वाचन पश्चात् आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी हुनबाट कसैले राेक्न नसक्ने कुरा उल्लेख गर्नु भयाे ।कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा सहभागिता जनाउनु भएका नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रवत्ता दामोदर शर्मा पण्डितले नागरिक उन्मुक्ति पार्टी अबका लागि राष्ट्रकाे आवश्यकता भएको कुरामा जाेड दिदै सम्पूर्ण देश बासिले नागरिक उन्मुक्ति पार्टीमा गाेलबद्ध हुनुपर्ने कुरामा जाेड दिनु भएको थियो । साेहि अवसरमा अगाडि बाेल्दै प्रवत्ता पण्डितले देश बासिले बारम्बार अन्य पार्टीहरुलाइ अबसर प्रदान गरिसकेको कुरामा जाेड दिदै मात्र एकपल्ट नागरिक उन्मुक्ति पार्टीलाई अबसर प्रदान गरेर हेर्न अनुरोध गर्नुभयो ।कार्यक्रममा बिशिष्ट अतिथिकाे आसनबाट बाेल्दै पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख लक्ष्मण किशाेरले अहिले नागरिक उन्मुक्ति पार्टीले नेपाल अधिराज्यभर संगठन बिस्तारकाे अभियानलाई तिब्रता दिएकाे बताउदै पार्टिले देशैभर उम्मेदवारी दिने तयारी गरिरहेकाे कुरा उल्लेख गर्नुभयो । किशाेरले अगाडि थप्नुभयाे कि नागरिक उन्मुक्ति पार्टिलाइ राष्ट्रिय पार्टी हुन नदिन आन्तरिक तथा बाह्यसत्ति जतिसुकै लागे पनि सम्भव नरहेको कुरा समेत बताउनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा बाेल्दै केन्द्रीय सदस्य एवम् पार्टीका शुदुरपश्चिम प्रदेश संगठन बिस्तार प्रमुख अरुण चाैधरीले नागरिक उन्मुक्ति पार्टी अबको मंसिर ४ गते हुने निर्वाचन पश्चात् नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीको रुपमा उदाउने कुराकाे ठाेकुवा गर्नु भयो । साेहि अवसरमा अगाडि बाेल्दै चाैधरीले मंसिर ४ काे निर्वाचन पश्चात् नागरिक उन्मुक्ति पार्टी शुदुरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलको रुपमा स्थापित हुन गैरहेकाे कुरामा जाेड दिनु भएको थियो । साेहि कार्यक्रममा अतिथिकाे रुपमा सहभागी रहनु भएका पार्टीका केन्द्रीय सदस्य ललित ताम्राकारले नागरिक उन्मुक्ति पार्टिलाइ लाग्दै आएको जातिय पार्टीको बिल्ला गलत साबित भएको कुरामा जाेड दिदै नागरिक उन्मुक्ति पार्टी सम्पुर्ण पछाडि पाडिएकाे र समाजमा दबायर राखेका बर्गहरुकाे एक मात्र साझा पार्टी भएको बताउनु भयाे ।कार्यक्रममा बाेल्दै पार्टीका केन्द्रीय सदस्य पुर्ण बहादुर बुढाले नागरिक उन्मुक्ति पार्टी अबको आम नेपालीको आवश्यकता रहेको बताउनु भयाे । साेहि कार्यक्रममा बाेल्दै अर्का केन्द्रीय सदस्य नेत्र जाेशीले नागरिक उन्मुक्ति पार्टी मात्र अबको नेपाली राजनितिकाे परिवर्तन गर्न सक्ने पार्टी भएकोले सम्पूर्ण नेपाली जनले यहि पार्टिमा समाहित हुन आवश्यक रहेको कुरामा जाेड दिनु भएको थियाे ।कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका उल्लेख्य केन्द्रीय सदस्यहरुकाे सहभागिता रहेको थियो । कार्यक्रमबाट करिब पाँच सय ७१ भन्दा बढी ब्यत्तिहरु विभिन्न पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टिमा प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।नागरिक उन्मुक्ति पार्टी बर्दगाेरियाका गाउँपालिका अध्यक्ष जन्मदेब सञ्ज्यालले सञ्चालन गर्नु भएको कार्यक्रम पार्टीका गाउँपालिका संयाेजक पुष्कल चाैधरीको स्वागत मन्तव्य संगै सुरु भएको थियो । साे कार्यक्रममा विभिन्न जातजातिका सांस्कृति झल्कने खालका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ (ख) अन्तरगतका नागरिक उन्मुक्ति पार्टीका उल्लेख्य समर्थकहरुकाे सहभागिता रहेको थियो ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation