बिहिबार, अशोज ११, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बर्दगोरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • बर्दगोरियामा (माओवादी केन्द्र)को प्रशिक्षण कार्यक्रम सम्पन्न
  • हिक्मत वादी

    मुडा,कैलाली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बर्दगोरिया गाउँपालिकाको प्रशिक्षण कार्यक्रम बौनियाँमा सम्पन्न भएको छ।प्रदेश कमेटि सदस्य तथा नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बर्दगोरिया गाउँपालिका अध्यक्ष राम बहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य माननीय भगत बडुवाल रहनुभएको थियो।यसैगरी बिशिष्ट अतिथिमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सह-सचिव नन्द बहादुर साउँद (राजेन्द्र) रहनुभएको थियो।अतिथि हरुमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय स्कुलिङग बिभाग सदस्य तथा प्रदेश कमेटि सदस्य रुपक सुनार,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य (क) दुर्गा बडुवाल, नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राम कृष्ण डगौरा थारु,जेस्ठ कम्यूनिष्ट मन्च का सदस्य सदानन्द सन्जाल, दलित मुक्ति मोर्चाका प्रदेश कमिटी सदस्य ध्वज सुनार रहनुभएको थियो।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँपालिकाको प्रशिक्षण कार्यक्रममा बर्दगोरिया गाउँपालिका का ६ वटै वडाका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँपालिकाको प्रशिक्षण कार्यक्रमको आयोजना नेकपा माओवादी केन्द्रले गरेको थियो भने कार्यक्रम को सन्चालन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँपालिका सचिव कौसल महतरा ले गर्नुभएको थियो।

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!