सोमवार, मंसिर २४, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

कांग्रेस बर्दगाेरियाद्धारा मृगौला र क्यान्सर पीडितलाई आर्थिक सहयाेग

  • नेपाली कांग्रेस बर्दगाेरियाद्धारा मृगौला र क्यान्सर पीडितलाई सहयाेग
  • बौनियाँ,कैलाली – नेपाली कांग्रेस बर्दगाेरियाले मृगौला पिडित बर्दगाेरिया गाउपालिका ३ बस्ने लक्ष्मि बिश्वकर्मालाई सहयोग गरेको छ । शुक्रबार नेपाली कांग्रेस बर्दगाेरियाकाे कार्यलयमा एक समारोह बीच नगद पाँच हजार दस रुपैयाँ सहयोग गरिएको नेपाली कांग्रेस बर्दगाेरिया गाउँ कार्यसमिति सभापति कृष्ण बिष्टले जानकारी दिनु भएको छ । बर्दगाेरिया गाउपालिका भित्र रहेका नेपाली कांग्रेस पार्टी प्रति आस्थावान नेता कार्यकर्ता द्धारा एक दिनकाे खाजा खर्चबाट संकलित दस हजार पैसठ्ठि रुपैयाँ मध्येको पाँच हजार दस रुपैयाँ सहयोग गरेको हाे ।संकलित रकम मध्येको बाँकि पाँच हजार पच्पन्न रुपैयाँ बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का वडा सदस्य शंकर बिककाे श्रीमती मनकला बिकलाई प्रदान गरिने गाउँ कार्यसमिति सचिव एवम् बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले जानकारी दिनु भएको छ । मनकला बिक क्यान्सरबाट पिडित रहेकी छन् ।साे अवसरमा नेपाली कांग्रेस बर्दगाेरिया गाउँ कार्यसमिति सभापति कृष्ण बिष्टले कृष्ण जन्माष्टमी पर्वकाे सम्पुर्ण बर्दगाेरिया बासिलाई शुभकामना समेत व्यक्त गर्नु भएको छ । हामी संग संक्षिप्त कुरागर्दै सभापति बिष्टले अबको केही दिन पछि नेपाली कांग्रेस बर्दगाेरिया संघिय र प्रदेश चुनाव लक्षित कार्यक्रम अगाडि बढाउने समेत बताउनुभयो ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation